खबरदार ! महान जनयुद्धको गाैरभपुर्ण इतिहासको जगमा बनेको पार्टी विभाजन गर्ने छुट कसैलाई छैनः नेता श्रेष्ठ
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू का केन्द्रिय सदस्य सुमन श्रेष्ठले महान जनयुद्ध र सडक संघर्षको गाैरभपुर्ण इतिहासबाट बनेको पार्टी विभाजन गर्ने छुट कसैलाई नभएको बताएका छन ।
पछिल्लो समय नेकपा आन्तरिक कलहले पार्टी विभाजनको संघारमा पुगेको बेला विद्यार्थी नेता श्रेष्ठले सामाजीक सञ्जालमा आफ्नो विचार राख्दै खबरदारी जाहेर गरेका हुन ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )मा पछिल्लो समय देखिएको बिवाद एवं पार्टी एकता बिरोधि गतिविधि आम जनतामा छताछुल्ल देखिएकै छ। पार्टीलाई बिभाजनको दिशा तर्फ धकेल्न पार्टी भित्रैबाट षड्यन्त्र पनि भएको प्रष्ट रुपमा बाहिर नै आएको छ। जो निकै नै खेदजनक छ जसलाइ आम नेपाली जनताले पटक्कै रुचाएका छैनन।
हामीहरु सबै नेतागणलाइ उत्तिकै सम्मान एवं आदर गर्दछौ तर बन्द कोठाका चार दिवार भित्र पार्टी बिभाजन सपना देखि तान्डब मच्चाउनेहरुलाइ भने किमार्थ समर्थन गर्न सक्दैनौ। जसको समीक्षा इतिहासले गर्ने नै छ र नेपाली जनताले त्यसको फैसला गर्नेछन।
पार्टी बिभाजनका डिजाइनरहरुले नेकपा एमाले नामधारी पार्टी दर्ता गर्ने, संासद अपहरण गर्ने, एमसिसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्न खोज्ने, पार्टी बिभाजन सम्बन्धि अध्यादेश ल्याउन खोज्ने, नेपाली काङ्ग्रेससंग सत्ता साझेदारीका लागि अपबित्र बैठक गर्ने, पार्टीको आन्तरिक मामिलामा रास्ट्रपतिलाई प्रयोग गर्ने, पार्टी एकताका सन्दभमा भएका सम्झौताहरुलाइ लत्याउने, गुटगत राजनैतिक नियुक्ति गर्ने, विभिन्न नामधारी लेन्डुपेहरुलाइ नाङ्गो नाच नचाउन सडकमा उतार्ने जस्ता सयौं उदाहरणहरु आम कार्यकर्ता तथा न्यायप्रेमी जनताहरुले प्रष्ट रुपमा बुझेका छन।
त्यसकारण पार्टी बिरोधि गतिविधि मच्चाउने प्रतिक्रियावादीहरुले सिधासिधा बुझिराख्दा हुन्छ कि यो पार्टी हजारौं शहिदहरुको बलिदानले निर्मित पार्टी हो, हजारौं बेपत्ता योद्धा र पार्टीक्रान्तिमा आफ्नो सुनौलो भबिस्य देख्ने योद्धाहरुको पार्टी हो, महान जनयुद्ध र सडक संघर्षबाट स्थापित पार्टी हो, लाखौलाख कार्यकर्ताहरुले आफ्नो ब्यक्तिगत जिवनलाइ तिलान्जली दिदै समाजबादको निम्ति हिडेकाहरुको पार्टी हो र सुखी नेपाली, सम्दृद्द नेपालको सपनामा गोलबन्द भएका आम नेपालीहरुको पार्टी हो।
अन्तमा पार्टी बिरोधि गतिविधि गर्दै कुनै ब्यक्तिलाई अर्को ज्ञानेन्द्र बनाउनेहरुले गरेको सडक तान्डबको बिरोध/ खबरदारी र प्रतिकार गर्न आम युवाविद्यार्थीहरु एक हौं!
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











