थप तीन निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति
काठमाडाैँ । सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो।
जसमा काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी प्रयोगशाला छन्।
यसअघि पनि काठमाडौंका तीन वटा प्रयोगशालालाई परीक्षण अनुमति दिइएको थियो। जसमा कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब, केएमसी अस्पताल र स्टार अस्पतालको प्रयोगशाला छन्।
योसँगै जम्मा ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिइएको छ।
अनुमति पाए पनि कुनै पनि निजी प्रयोगशालाले कोरोना परीक्षण सुरू गर्न सकेका छैनन्।
सरकारले सरकारी प्रयोगशालामा बढी भएका स्वाब निजीलाई परीक्षण गर्न दिने भनेको छ। त्यसैले अहिले सरकारी प्रयोगशालाहरूमा बढी स्वाब संकलन नहुँदा निजी प्रयोगशालाहरूले स्वाब पाएका छैनन्।
निजी प्रयोगशालाहरू आफैंले परीक्षण गर्न भने पाउने छैनन्।
मन्त्रालयले बढी भएको स्वाबमात्र निजीलाई परीक्षण गर्न दिने र एउटा स्वाब परीक्षण गरेबापत् ५ हजार ५ सय रुपैयाँ दिने भनेको छ।
मन्त्रालयले यसअघि सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि निजी प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको थियो।
सोही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी प्रयोगशालाहरूलाई अनुमतिको लागि निवेदन दिन आह्वान गरेको थियो।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार १९ वटा निजी प्रयोगशालाहरूले परीक्षण अनुमतिको लागि निवेदन दिएका थिए।
तीमध्ये अहिलेसम्म ६ वटाले अनुमति पाएका छन्। बाँकी प्रयोगशालाहरूले भने केही तयारी नपुगेको भन्दै समय मागेको र तयारी पुगेपछि अनुगमन गरेर मापदण्ड पुगेकालाई अनुमति दिइने गुप्ताले बताए।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











