थप तीन निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति
काठमाडाैँ । सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो।
जसमा काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी प्रयोगशाला छन्।
यसअघि पनि काठमाडौंका तीन वटा प्रयोगशालालाई परीक्षण अनुमति दिइएको थियो। जसमा कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब, केएमसी अस्पताल र स्टार अस्पतालको प्रयोगशाला छन्।
योसँगै जम्मा ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिइएको छ।
अनुमति पाए पनि कुनै पनि निजी प्रयोगशालाले कोरोना परीक्षण सुरू गर्न सकेका छैनन्।
सरकारले सरकारी प्रयोगशालामा बढी भएका स्वाब निजीलाई परीक्षण गर्न दिने भनेको छ। त्यसैले अहिले सरकारी प्रयोगशालाहरूमा बढी स्वाब संकलन नहुँदा निजी प्रयोगशालाहरूले स्वाब पाएका छैनन्।
निजी प्रयोगशालाहरू आफैंले परीक्षण गर्न भने पाउने छैनन्।
मन्त्रालयले बढी भएको स्वाबमात्र निजीलाई परीक्षण गर्न दिने र एउटा स्वाब परीक्षण गरेबापत् ५ हजार ५ सय रुपैयाँ दिने भनेको छ।
मन्त्रालयले यसअघि सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि निजी प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको थियो।
सोही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी प्रयोगशालाहरूलाई अनुमतिको लागि निवेदन दिन आह्वान गरेको थियो।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार १९ वटा निजी प्रयोगशालाहरूले परीक्षण अनुमतिको लागि निवेदन दिएका थिए।
तीमध्ये अहिलेसम्म ६ वटाले अनुमति पाएका छन्। बाँकी प्रयोगशालाहरूले भने केही तयारी नपुगेको भन्दै समय मागेको र तयारी पुगेपछि अनुगमन गरेर मापदण्ड पुगेकालाई अनुमति दिइने गुप्ताले बताए।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












