अयोध्याबारे ओलीको अभिव्यक्तिपछि नेपालभित्रै चर्को आलोचना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको देशभित्रैबाट चर्को आलोचना भएको छ ।
ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्तिपछि उनको सर्बत्र आलोचना चुलिएको हो ।
भारतीय सत्तारूढ दल भाजपाले आस्थामाथि खेलबाड नगर्न ओलीलाई चेतावनी दिएको छ भने नेपालभित्रै पनि यसको सर्वत्र आलोचना भएको हो ।
भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीता भारत अयोध्याका रामलाई नभइ वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामसँग विवाह भएको उल्लेख गरेपछि सामाजिक सञ्जाहरूमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अभियान्ताहरूले आलोचना गरेका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’
राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषय भएकाले यसका सम्बन्धमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने तर्क राखेका छन् ।
नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताएका छन् ।
पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार भएर काम गरिसकेका डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्यता प्रकट गर्दै ‘प्रधानमन्त्रीले भारतीय टिभी च्यानलसँग प्रतिस्पर्धा गर्न खोजेको हो ?’ भनेर प्रश्न गरेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












