सूर्य नेपाल प्रालिद्वारा कोभिडविरुद्ध लड्न सात प्रदेशलाई रु. ७ करोड सहयोग
काठमाडौं । सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन नेपालका सातवटै प्रदेशलाई रु १ करोडको दरले कूल रु ७ करोड सहयोग उपलब्ध गराएको छ ।
सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेण्ट (कर्पोरेट) रवि केसीले रु १ करोडका दरले प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेल तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई एक समारोह बीच चेक हस्तान्तरण गरे ।
यसैगरी सूर्य नेपाल प्रालि का तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरे । यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सूर्य नेपालका स्थानीय प्रतिनिधिले १ करोडको चेक हस्तान्तरण गरे ।
यसैगरी अन्य प्रदेशका मुख्य मन्त्रीहरुलाई पनि चेक हस्तान्तरण गरिने सूर्य नेपालले जनाएको छ । सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ : प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ : कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष, जनकपुर, बागमती प्रदेश : बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोष, हेटौंडा, गण्डकी प्रदेश : कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा उपचार कोष, बुटवल,कर्णाली प्रदेश : प्रदेश विपद् व्यवस्थापन कोष, बीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु १ करोड सहयोग बापत प्रदान गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












