सूर्य नेपाल प्रालिद्वारा कोभिडविरुद्ध लड्न सात प्रदेशलाई रु. ७ करोड सहयोग
काठमाडौं । सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन नेपालका सातवटै प्रदेशलाई रु १ करोडको दरले कूल रु ७ करोड सहयोग उपलब्ध गराएको छ ।
सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेण्ट (कर्पोरेट) रवि केसीले रु १ करोडका दरले प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेल तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई एक समारोह बीच चेक हस्तान्तरण गरे ।
यसैगरी सूर्य नेपाल प्रालि का तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरे । यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सूर्य नेपालका स्थानीय प्रतिनिधिले १ करोडको चेक हस्तान्तरण गरे ।
यसैगरी अन्य प्रदेशका मुख्य मन्त्रीहरुलाई पनि चेक हस्तान्तरण गरिने सूर्य नेपालले जनाएको छ । सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ : प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ : कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष, जनकपुर, बागमती प्रदेश : बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोष, हेटौंडा, गण्डकी प्रदेश : कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा उपचार कोष, बुटवल,कर्णाली प्रदेश : प्रदेश विपद् व्यवस्थापन कोष, बीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु १ करोड सहयोग बापत प्रदान गरिएको छ ।
Comments
अरु समाचार
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












