ओलीको “अर्ली महाधिवेशन” कार्ड विफल, प्रचण्डले भनेः अहिलेको अवस्थामा महाधिवेशन सम्भव छैन
यो अल्मल्याउने प्रस्ताव हो, म सहमत छैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको अर्ली महाधिवेशनको प्रस्तावमा आफू सहमत नभएको र छलफल गरेर नल्याइएको प्रस्ट पारेका छन् ।
प्रचण्डको सहमतिमा प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन प्रस्ताव गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल क्रूद्ध हुन पुगेका थिए । उनले देशव्यापी अभियान लैजाने र दुई अध्यक्षको ‘चोचोमोचो’ नमान्ने बताएका थिए ।
गठबन्धनमा विभाजन आउने खतरा देखेपछि अध्यक्ष प्रचण्डले आइतबार बिहानै नेता नेपालसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादललाई खबर गरेको भए पनि उनीहरू अनुपस्थित रहेको खुमलटार स्रोतले जानकारी दियो ।
बैठकमा नेता नेपालनिकट पाँचजना स्थायी कमिटी सदस्य पनि पुगेका थिए । खुमलटार भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट पनि सहभागी थिए । केही प्रचण्डनिकट स्थायी कमिटीसमेत पुगेको बताइएको छ ।
नेपालनिकट स्थायी कमिटी सदस्यहरू खुमलटारबाट बाहिरिइसकेका छन् । भेलामा अर्ली महाधिवेशन मङ्सिरमा सम्भव नभएको र आफ्नो सहमतिमा नल्याइएको प्रचण्डले प्रस्ट पारेका छन् ।
“अहिलेको अवस्थामा अर्ली महाधिवेशन कुनै हालतमा सम्भव छैन, यो अल्मल्याउने प्रस्ताव हो भन्नेमा म ढुक्क छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “सदस्यता नै टुंगो लागेको छैन, महाधिवेशन ख्यालठट्टाको कुरा होइन ।”
उनले सचिवालयमा आएको प्रस्ताव प्रचण्डको सहमतिमा भन्नु निरर्थक कुरा रहेको बताउँदै गठबन्धनका नेता र स्थायी कमिटीका सदस्यहरूलाई विश्वस्त रहन आग्रह गरेका थिए । योसँगै ओलीको महाधिवेशन कार्ड पनि विफल भएको एक स्थायी कमिटी सदस्यले बताए ।
“यो वामदेवलाई प्रधानमन्त्री बनाउने कार्डजस्तै निरर्थक प्रस्तावमा परिणत हुन्छ । आजबाट स्थायी कमिटी नियमित एजेन्डामा प्रवेश गर्छ,” ती सदस्यको दाबी छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












