प्रचण्डको स्पष्टिकरण: मलाई परिबन्दमा पारेर शीतलनिवास पुर्याइयो !
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ राष्ट्रपति भवन शितल निवास आकस्मिक रूपमा गएको स्पष्टिकरण दिएका छन्।
आइतबार बिहान प्रचण्ड निवासमा भेला भएका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यलाई प्रचण्डले आफू परिबन्दमा परेर शितल निवासमा गएको बताएका हुन्।
‘सचिवालय बैठकलगत्तै मैले प्रधानमन्त्रीजीलाई भेट्न खोजेको थिएँ। त्यही बेला तपाईं राष्ट्रपति कार्यालय जानुपर्यो भनेर महासचिवले भन्नुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने,’ दुई अध्यक्षलाई बोलाउनुभएको हो। एकजना अध्यक्ष गइसक्नुभयो अब तपाईं पनि जानुपर्यो भनेपछि म जादिनँ भन्न पनि मिलेन। म अचानक गएको हो, कुनै योजना थिएन।’
राष्ट्रपतिसँग पार्टी एकताकै विषयमा कुराकानी भएको जानकारीसमेत प्रचण्डले बैठकलाई गराएका थिए।
‘त्यहाँ गएर कुनै निर्णय गर्ने कुरा त भएन। हामी मिलाएर जान्छौं। पार्टी फुटन दिन्नौं भनेको हो, यो त सार्वजनिक रूपमा बोलेकै कुरा हो,’ ती स्थायी समिति सदस्यले भने,’हामी महाधिवेशन गर्छौं भनेकै हो। प्रचण्डलाई खर्लप्पै उ तै लगेछन् कि भन्ने भ्रम पर्यो। त्यस्तो होइन रहेछ, फेरि उहाँले शनिबार नै खण्डन समेत गरिसक्नुभएको छ।’
शनिबार सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए। उनीहरूसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।
सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे पनि प्रचण्डले आजको बैठकमा जानकारी गराएका थिए।
आफूलाई पाँच वर्षे कार्यकालभरि सरकार चलाउन सहयोग गरेमा ‘अर्ली’ महाधिवेशनबाट एकल अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव प्रधानमन्त्री ओलीबाट आएको समेत उनले बताएका थिए।
‘केपीजी र प्रचण्डजीको कुरा हुँदा मलाई ५ वर्ष काम गर्न दिनुस् महाधिवेशनबाट तपाईं अध्यक्ष हुनुस् भनेर प्रस्ताव आएको प्रचण्डले जानकारी गराउनुभयो,’ अर्का एक स्थायी समिति सदस्यले भने,’सचिवालयमा छलफल गरौं। स्थायी समिति बैठक जारी छ, त्यहाँ छलफल गरेर केन्द्रीय कमिटीमा छलफल गरौंला भनेर प्रचण्डले भन्नुभएको रहेछ।’
महाधिवेशनमा जाने प्रस्तावलाई आफूले हुन्न भनेर भन्न नमिल्ने भएकाले विरोध नजनाएको समेत प्रचण्डले बताएका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












