प्रचण्डलाई नेपाल पक्षको दीर्घकालीन सहकार्यको प्रस्ताव
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ ।
आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको हो । ओलीसँग सहमति गर्दै प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बनिहाल्छन् भन्ने नभएको समेत उसले बताएको छ ।
नेकपामा ओलीमाथि प्रधानमन्त्री पद छाड्नुपर्ने दबाब छ । तर ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा छन् । बरु आगामी मंसिरमा महाधिवेशन गरेर अध्यक्ष बनाउने प्रस्तावमा प्रचण्डलाई मनाउने ओलीको प्रयास छ ।
तर माधव नेपाल समूहका नेताहरुले भने प्रधानमन्त्री ओलीले आफूमाथि परेको संकट टार्न मात्र मंसिरमा महाधिवेशनको प्रस्ताव अघि सारेको बताएका छन् । महाधिवेशनको मिति तोक्ने अधिकार केन्द्रीय कमिटीलाई मात्र भएको र गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले २०७७ चैतमा गर्ने निर्णय गरेको भन्दै एक नेताले भने, ‘चैतमा त महाधिवेशन गर्न गाह्रो हुने अवस्थामा मंसिरको प्रस्ताव आफूमाथि आएको संकट टार्ने थापेको बल्छी मात्र हो । त्यसमा प्रचण्ड कमरेड र सचिवालयका कोको पर्नुहुन्छ थाहा छैन ।’
तर मंसिरमा महाधिवेशन गर्न सम्भव नभएको नेपाल समूहका नेताहरुले बताएका छन् ।
त्यसैले ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्नुको विकल्प नभएको बताएका छन् । ‘हामी कसैलाई पेलेर तेल निकाल्ने र कसैलाई थाप्लोमा राख्ने पक्षमा छैनौं’ एक नेता भन्छन्, ‘त्यसैले केपी कमरेडलाई रोजेर एक पद छान्न दिऊँ । प्रधानमन्त्री रोज्नुभयो भने अर्को अध्यक्षले पार्टी चलाउनुस्, अध्यक्ष रोज्नुभयो भने अर्को अध्यक्ष (प्रचण्ड)ले सरकार चलाउनुस् ।’
एक पद छाड्न ओली सहमत नभए पार्टी स्थायी कमिटीले निकास दिनुपर्ने माधव नेपाल पक्षका नेताहरु बताउँछन् ।
उनीहरुको आसय ओली सहमतिमा नआए बहुमतका आधारमा भए पनि निर्णय गर्नुपर्ने एक नेताले बताए । ‘अरु अल्पमतमा पर्दा चाहिँ बहुमतको निर्णय मान्नुपर्ने, अनि अमुक नेता पर्दा चाहिँ पार्टी फुट्ने हुन्छ ?’ नेपाल समूहका एक नेताले भने, ‘पार्टीलाई विद्धि र पद्धतिमा चलाउनुपर्छ । र, यसो गर्न तयार हुनुभयो भने प्रचण्डलाई महाधिवेशन र त्यसपछि पनि हाम्रो साथ रहन्छ ।’
त्यसो भएमा आगामी महाधिवेशनमा पनि सहमतिका आधारमा जान नेताहरुले बताए । तपाईहरु प्रचण्डलाई महाधिवेशनबाट अध्यक्ष बनाउन पनि तयार हुनु भएको हो भन्ने प्रश्नमा नेपाल निकट एक नेताले भने, ‘यसबारे अहिले केही भनेका छैनौं । बेला आएपछि यस विषयमा छलफल गरौंला ।’ त्यसबेला प्रधानमन्त्री, पार्टी अध्यक्ष लगायतको पदहरु बाँडफाँट हुनसक्ने उनले बताए ।
यसरी अगाडि बढ्ने नबन्ने बल प्रचण्डको कोर्टमा रहेको माधव नेपाल समूहले बताएको छ ।
एकता महाधिवेशन सहमतिकै आधारमा गर्ने भनिएको छ । यदि प्रचण्ड आफूसँग अलग भएर ओलीतिर मिल्न गए के हुन्छ भन्ने प्रश्नमा नेपाल निकट एक नेताले भने, ‘महाधिवेशन सहमतिमा पनि हुनसन्छ, प्रतिस्पर्धा पनि हुनसक्छ ।’
यसको संकेत ओली र प्रचण्ड मिलेर महाधिवेशनमा गए माधव समूह प्रतिस्पर्धामा उत्रन सक्छ भन्ने हो । तर नेताहरुले यसबारे केही बताउन चाहेका छैनन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












