असंलग्न परराष्ट्र नीतिको युग अन्त्य भयो : भारतीय विदेशमन्त्री
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले असंलग्न परराष्ट्र नीतिको युग सकिएको बताएका छन् ।
अन्दामन र निकोबार टापुमा अमेरिका र भारतीय जल सेनाको संयुक्त सैन्य अभ्यास शुुरु भएको छ । यसलाई लिएर भारतले आफ्नो असंलग्न परराष्ट्र नीति छाडेर अमेरिकालाई समर्थन गरिरहेको हो भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने, ‘असंलग्न परराष्ट्र नीति कुनै विशेष युग र भू–राजनैतिक परिवेशको नीति थियो ।’
उनले अघि भने, ‘अधिक सतर्कता बहुपक्षीय रुपमा अधिक निर्भरताको युग…..त्यो युग हामीभन्दा पछाडि कुनै निश्चित सीमासम्म छ ।’
भारतको जलसेनाको वारसिप आईएनएस राना, आईएनएस सह्याद्री, आईएनएस शिवालिक र आईएनएस कामोर्टाले सैन्य अभ्यासमा भाग लिएका छन् । उनीहरुले यूएसएस निमिट्स स्ट्राइक ग्रुपसँग हिन्द महासागरमा रहेको अन्दामन र निकोबार टापुमा संयुक्त अभ्यास गर्नेछन् ।
लद्दाखमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको घटनासँगै चीनसँग सीमा विवाद भइरहेका बेला भारतले अमेरिकासँग संयुक्त सैन्य अभ्यास शुरु गरेको हो । यसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नीति परिवर्तन गर्नसक्ने अनुमान गरिएको छ ।
भारतीय परराष्ट्रमन्त्रीले भारत अहिलेसम्म कुनै पनि गठबन्धनको हिस्सा नरहेको र आगामी दिनमा पनि नबन्ने स्पष्ट पारे । अन्तर्राष्ट्रिय अवस्था बुझेर त्यसको लाभ उठाउने दिशामा भारत अघि बढिरहेको उनले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












