विद्रोहको अर्को नाम बर्मन बुढा
काठमाडाैँ । बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ प्रतिनिधिसभा भवन छिर्ने हुलमा कछाड लगाएका एक सांसदले सबैको ध्यान खिँचे।
सर्टबाहिर अस्कोट, अनि तल कछाड। कछाडले घुँडामाथिको भागमात्रै छोप्थ्यो। जाडो होस् या गर्मी, सदाबहार पोशाक थियो उनको। धेरैले उनलाई ‘कछाड बुढा’ भन्थे। जीवनको अन्तिम कालसम्म पनि उनले कछाड छाडेनन्।
संघर्ष र विद्राेहका पर्याय उनै ‘कछाड बुढा’ अर्थात् बर्मन बुढा अब सम्झनामा मात्र छन्। क्यान्सरको उपचार गराइरहेका उनको ९० वर्षको उमेरमा बुधबार बिहान ४ः३० बजे निधन भयो।
रोल्पाको थवाङ नेपालको राजनीतिमा सधैँ ‘विद्रोहको केन्द्र’का रुपमा परिचित छ। सो मगर बस्तीले हरेकजसो कम्युनिस्ट आन्दोलनलाई साथ दिँदै आएको छ। विद्रोही थवाङको पहिलो पुस्ताका नेता थिए, धर्मबहादुर रोका, दिलकुमार बुढा, तेजमान घर्ती र बर्मन बुढा।
त्यही पुस्ताका नेता बर्मन बुढाको बुधबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा निधन भयो। पूर्व सांसद समेत रहेका बुढा ९० वर्षका थिए। उनलाई आन्द्राको क्यान्सर भएको थियो। एक वर्षअघि सो रोगको पहिचान भएको थियो।
‘थवाङको पहिलो पुस्ताका कम्युनिस्ट नेतामध्येका अन्तिम जीवित व्यक्ति हुनुहुन्थ्यो बर्मन,’ रोल्पा जिल्ला विकास समितिका पूर्वसभापति झक्कु सुवेदीले भने, ‘थवाङको पहिलो राजनीतिक पुस्ताको अन्त्य भयो। एउटा इतिहास सकिएको छ।’
२०१२ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेका बुढा लामो समय थवाङमा नेताको रुपमा रहे। मोहनविक्रम सिंहको संगतले बुढा कम्युनिस्ट पार्टीसँग जोडिए। उनलाई रोल्पाको पहिलो कम्युनिस्टको रुपमा लिइन्छ।
बर्मन पहिले गाउँका मुखिया थिए। स्थानीय तहको निर्वाचन जितेर प्रधानपञ्च बने। तर, थवाङले २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावको बहिस्कार गर्यो। थवाङमा शून्य मत खस्यो। त्यसैलाई आधार बनाएर पञ्चायतले थवाङमा ठूलो दमन गर्यो।
पञ्चायती सरकारले बर्मनलाई जेलमा राखेको बेला उनकै बहिनी तिलकुमारी बुढाले प्रधानपञ्चको चुनाव जितिन्।
२०४८ सालको आमनिर्वाचनमा संयुक्त जनमोर्चाको टिकटबाट बुढा रोल्पाबाट सांसद निर्वाचित भए। उनले पञ्चायतकालभर सांसद रहेका र डेढ दशक मन्त्री समेत बनेका बालाराम घर्तीलाई पराजित गरेका थिए।
बर्मनले लिएको हरेक निर्णयलाई सिंगो थवाङले साथ दिँदै आएको थियो। उनको नेतृत्वमा पूरै गाउँ एकढिक्का थियो।
‘अहिले भने अलि विभाजित भएको छ। त्यसमा विप्लवको नेकपा माओवादी र नेकपा दुवैमा मानिस छन्। नेकपाले स्थानीय तहको चुनाव जितेको छ,’ सुवेदीले भने।
घर्तीलाई पराजित गरेर बुढाले जति चर्चा हासिल गरेका थिए, त्योभन्दा बढी उनको पोसाकको चर्चा हुन्थ्यो। उनी कछाड लगाएर हिँड्थे।
‘मैले उहाँलाई २०३६ सालदेखि नै चिनेको हो। उहाँ रोल्पा होस् कि काठमाडौँ वा विदेश जाँदा समेत कछाड नै लगाउनुहुन्थ्यो,’ सुवेदी सम्झिन्छन्, ‘अहिले जस्तो देखावटी पहिचानवादी हुनुहुन्थेन। उहाँका जीवन शैली नै त्यही थियो। सामान्य जीवन शैलीको नेता हुनुहुन्थ्यो।’
एकपटक संसद्मा सम्बोधनका लागि राजा वीरेन्द्र आउँदै रहेछन् । संसदीय सचिवले छुट्टै लिएर बुढालाई भनेछन्-‘माननीयज्यू, आज त राजा आइबक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोसाक लगाइदिनुपर्यो ।’ यति सुनेपछि बुढा जंगिएछन्—‘के यो अर्राष्ट्रिय पोसाक हो ?’ त्यसपछि संसद्का सचिव पनि केही बोल्न सकेनछन् ।
२०५१ सालका मध्यावधि निर्वाचन संयुक्त जनमोर्चाले बहिस्कार गर्यो। २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो। बढ्दो उमेरको कारण उनी राजनीतिमा सक्रिय भएनन्। काठमाडौँतिरै रहे।
सत्ता र शक्तिबाट टाढा रहेका बर्मन पछिल्लो समय बुढ्यौलीसँगै राजनीतिबाट निष्क्रिय थिए।
‘तर, उहाँको निष्क्रियता उमेरको कारणले मात्रै थिएन। पावर पोलिटिक्समा रम्ने मानिस नभएको कारण पनि गुमनाम जस्तै हुनु भएको थियो,’ रोल्पाका पत्रकार पुनले भने।
नेकपा एमाले र माअोवादी केन्द्र मिलेर नेकपा बनेपछि उनी सल्लाहकार परिषदका सदस्य थिए।
बुधबार बिहान उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












