विद्रोहको अर्को नाम बर्मन बुढा
काठमाडाैँ । बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ प्रतिनिधिसभा भवन छिर्ने हुलमा कछाड लगाएका एक सांसदले सबैको ध्यान खिँचे।
सर्टबाहिर अस्कोट, अनि तल कछाड। कछाडले घुँडामाथिको भागमात्रै छोप्थ्यो। जाडो होस् या गर्मी, सदाबहार पोशाक थियो उनको। धेरैले उनलाई ‘कछाड बुढा’ भन्थे। जीवनको अन्तिम कालसम्म पनि उनले कछाड छाडेनन्।
संघर्ष र विद्राेहका पर्याय उनै ‘कछाड बुढा’ अर्थात् बर्मन बुढा अब सम्झनामा मात्र छन्। क्यान्सरको उपचार गराइरहेका उनको ९० वर्षको उमेरमा बुधबार बिहान ४ः३० बजे निधन भयो।
रोल्पाको थवाङ नेपालको राजनीतिमा सधैँ ‘विद्रोहको केन्द्र’का रुपमा परिचित छ। सो मगर बस्तीले हरेकजसो कम्युनिस्ट आन्दोलनलाई साथ दिँदै आएको छ। विद्रोही थवाङको पहिलो पुस्ताका नेता थिए, धर्मबहादुर रोका, दिलकुमार बुढा, तेजमान घर्ती र बर्मन बुढा।
त्यही पुस्ताका नेता बर्मन बुढाको बुधबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा निधन भयो। पूर्व सांसद समेत रहेका बुढा ९० वर्षका थिए। उनलाई आन्द्राको क्यान्सर भएको थियो। एक वर्षअघि सो रोगको पहिचान भएको थियो।
‘थवाङको पहिलो पुस्ताका कम्युनिस्ट नेतामध्येका अन्तिम जीवित व्यक्ति हुनुहुन्थ्यो बर्मन,’ रोल्पा जिल्ला विकास समितिका पूर्वसभापति झक्कु सुवेदीले भने, ‘थवाङको पहिलो राजनीतिक पुस्ताको अन्त्य भयो। एउटा इतिहास सकिएको छ।’
२०१२ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेका बुढा लामो समय थवाङमा नेताको रुपमा रहे। मोहनविक्रम सिंहको संगतले बुढा कम्युनिस्ट पार्टीसँग जोडिए। उनलाई रोल्पाको पहिलो कम्युनिस्टको रुपमा लिइन्छ।
बर्मन पहिले गाउँका मुखिया थिए। स्थानीय तहको निर्वाचन जितेर प्रधानपञ्च बने। तर, थवाङले २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावको बहिस्कार गर्यो। थवाङमा शून्य मत खस्यो। त्यसैलाई आधार बनाएर पञ्चायतले थवाङमा ठूलो दमन गर्यो।
पञ्चायती सरकारले बर्मनलाई जेलमा राखेको बेला उनकै बहिनी तिलकुमारी बुढाले प्रधानपञ्चको चुनाव जितिन्।
२०४८ सालको आमनिर्वाचनमा संयुक्त जनमोर्चाको टिकटबाट बुढा रोल्पाबाट सांसद निर्वाचित भए। उनले पञ्चायतकालभर सांसद रहेका र डेढ दशक मन्त्री समेत बनेका बालाराम घर्तीलाई पराजित गरेका थिए।
बर्मनले लिएको हरेक निर्णयलाई सिंगो थवाङले साथ दिँदै आएको थियो। उनको नेतृत्वमा पूरै गाउँ एकढिक्का थियो।
‘अहिले भने अलि विभाजित भएको छ। त्यसमा विप्लवको नेकपा माओवादी र नेकपा दुवैमा मानिस छन्। नेकपाले स्थानीय तहको चुनाव जितेको छ,’ सुवेदीले भने।
घर्तीलाई पराजित गरेर बुढाले जति चर्चा हासिल गरेका थिए, त्योभन्दा बढी उनको पोसाकको चर्चा हुन्थ्यो। उनी कछाड लगाएर हिँड्थे।
‘मैले उहाँलाई २०३६ सालदेखि नै चिनेको हो। उहाँ रोल्पा होस् कि काठमाडौँ वा विदेश जाँदा समेत कछाड नै लगाउनुहुन्थ्यो,’ सुवेदी सम्झिन्छन्, ‘अहिले जस्तो देखावटी पहिचानवादी हुनुहुन्थेन। उहाँका जीवन शैली नै त्यही थियो। सामान्य जीवन शैलीको नेता हुनुहुन्थ्यो।’
एकपटक संसद्मा सम्बोधनका लागि राजा वीरेन्द्र आउँदै रहेछन् । संसदीय सचिवले छुट्टै लिएर बुढालाई भनेछन्-‘माननीयज्यू, आज त राजा आइबक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोसाक लगाइदिनुपर्यो ।’ यति सुनेपछि बुढा जंगिएछन्—‘के यो अर्राष्ट्रिय पोसाक हो ?’ त्यसपछि संसद्का सचिव पनि केही बोल्न सकेनछन् ।
२०५१ सालका मध्यावधि निर्वाचन संयुक्त जनमोर्चाले बहिस्कार गर्यो। २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो। बढ्दो उमेरको कारण उनी राजनीतिमा सक्रिय भएनन्। काठमाडौँतिरै रहे।
सत्ता र शक्तिबाट टाढा रहेका बर्मन पछिल्लो समय बुढ्यौलीसँगै राजनीतिबाट निष्क्रिय थिए।
‘तर, उहाँको निष्क्रियता उमेरको कारणले मात्रै थिएन। पावर पोलिटिक्समा रम्ने मानिस नभएको कारण पनि गुमनाम जस्तै हुनु भएको थियो,’ रोल्पाका पत्रकार पुनले भने।
नेकपा एमाले र माअोवादी केन्द्र मिलेर नेकपा बनेपछि उनी सल्लाहकार परिषदका सदस्य थिए।
बुधबार बिहान उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












