अध्यक्ष प्रचण्डसंगै छन जनार्दन- प्रचण्डको सचिवालय
काठामाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई जोडेर आएका भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको स्पस्ट पारेको छ ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बिहीबार त्यस्ता समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक प्रचारहरुमा कुनै सत्यता नरहेको प्रस्ट पारेका हुन् ।
‘केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यको सम्बन्ध केही दिनयता विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ’, सापकोटाले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषता हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।
प्रचण्डको सचिवालयले पार्टी एकतादेखि आजसम्म प्रचण्डलाई प्रभाकरले सहयोग गर्दै आएको र पार्टीभित्रको आन्तरिक बहसमा पनि पार्टी एकताको पक्षमा रहेको प्रचण्डको सचिवालयले जनाएको छ । ‘पार्टी एकतादेखि आजसम्मको काममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको छ । अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । प्रभाकरमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछ’, सचिवालयले भनेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












