न्यायालयको निर्णयले सिङ्गो सिंगो व्यवस्थापमाथी प्रश्न उठ्दैछः प्रवक्ता श्रेष्ठ
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिंगै व्यवस्था र राज्य प्रणालीमाथि प्रश्न उठ्ने गरी न्यायालयबाट किन निर्णय गरिँदैछ भन्ने प्रश्न गरेका छन्।
श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद छुट भएकोलगायत विषयमा श्रेष्ठले असन्तुष्टि जनाएका हुन्।
आइतबार फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले ‘के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ?’ भन्ने प्रश्न गरेका हुन्।
चितवनमा चेपाङका घरमा आगलागी गर्ने र दलित भएकै आधारमा पश्चिम रूकुममा बर्बर सामुहिक हत्या किन गरिन्छ भन्ने प्रश्न गर्दै श्रेष्ठले यस्ता घटनाको हद भएको र असैह्य भएको उल्लेख गरेका छन्।
साथै उनले बास र छाक टार्ने समस्याबाट पीडित गरिब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन्।
चितवनमा सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको थियो।
श्रेष्ठले थपेका छन्, ‘कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ? हद भयो, असह्य भयो।’
उनले न्याय स्थापित हुनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने बताएका छन्।
‘यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अंगहरूको लोकतन्त्रअनुरूप पुनर्संरचना गरी लोकतन्त्रलाई व्यवहारत: अभ्यास गरौं र विकास गरौं। अन्यथा निरासा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला? समयमै सबैले सोचौं। परिणाम सधैँ सकारात्मक नै हुन्छ भन्न सकिन्न,’ उनले भनेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












