लेखराजजीलाई ४० वर्षदेखि विश्वास गरेँ तर धोका दिनुभयोः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले उद्योगमन्त्री लेखराज भट्टले आफूसँगको ४० वर्ष लामो सम्बन्ध बिर्सिएको बताएका छन्।
उनले केही दिनअघि खुमलटार सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग छलफलको क्रममा यस्तो बताएका हुन्। ‘सुदूरपश्चिमको पार्टीको जिम्मेवारी सहित हामीले लेखराजलाई मन्त्री बनाएको थियौँ।
पार्टी एकता भएपनि पार्टीमा अहिलेसम्म पूर्व पार्टीकै भागवण्डाअनुसार पदीय बाँडफाँड भइरहेको छ। हामीले विश्वास गरेर लेखराजजीलाई मन्त्रीको जिम्मेवारीमा पठायौँ। तर, उहाँले हामीलाई घात गर्नुभयो’, छलफलको क्रममा अध्यक्ष दाहालको भनाईलाई उदृत गर्दै सुदूरपश्चिम प्रदेश कमिटीका सह-इन्चार्ज खगराज भट्टले भने। ‘हामी भित्रको चित्त नबुझेको कुरा उहाँले हामीसँग आएर छलफल गर्नुपर्थ्यो।
तर, उहाँलाई मैले पटक पटक छलफलमा बोलाएँ तर, आउनुभएन। उहाँ आफूखुसी खुलमखुला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिनुभयो’, अध्यक्ष दाहालले भने, ‘हामीबीचको नमिलेको कुरा एकपटक पनि उहाँले मसँग र अन्य हाम्रा साथीहरुसँग राख्न चाहनु भएन।’ ‘उहाँमा वैचारिक विचलन देखियो। एकपटक उहाँले हामीसँग आफ्नो समस्या राख्नुभएको भए हामी त्यसको समाधान गर्नमा लाग्थ्यौँ।
हामीले अहिलेसम्म उहाँले भनेको नमानेको केही थिएन’ अध्यक्ष दाहालले दुखेसो पोख्दै भने, ‘तर, उहाँले एकपटक पनि मसँग छलफल गर्नुपर्छ भन्ने सोच्नुभएन।’
दाहालले विश्वास गरेकै मानिसबाट आफूलाई धोका भएको पटक पटक गुनासो गरे। ‘पार्टी एकतापछि पनि हाम्रो समूहबाट उहाँलाई हामीले मन्त्रीको जिम्मेवारी सुम्पिएर पठाएका हौँ। तर, उहाँले तत्कालै बिर्सिनुभयो,’ दाहालको भनाई उदृत गर्दै भट्टले भने, ‘विश्वासिलो मान्छेबाट धोका पाइयो। अहिले उहाँ हाम्रै पछि धारे हात लगाएर हिँड्नुभएको छ।’
दाहालले उनलाई मन्त्रीबाट हट्न नभनेको पनि उल्लेख गरे। ‘उहाँको बिषयमा छलफल भएको भएपनि तत्काल उहाँलाई हामीले हट्न भनेका होइनौँ’ खगराजले भने, ‘उहाँले चित्त नबुझेको कुरा हामीसँग राख्नुभएको हुन्थ्यो। तर, उहाँ अहिले हाम्रै विरुद्ध लाग्नुभएको छ। त्यसमा हामी असन्तुष्ट भएका हौँ।’ भट्टले विश्वासिलो पात्रले धोका दिएको भन्दै अध्यक्ष दाहालले गम्भीर चिन्ता जनाएको भट्टले बताए।
‘अध्यक्ष दाहाल पनि उहाँको विश्वासिलो पात्रले धोका दिएको भन्दै गम्भीर हुनुभएको छ’, उनले भने, ‘तर, हामीले उहाँको विकल्प खोजिहाल्ने, तत्काल राजीनामा दिइहाल्नुस् भन्ने कुरा गरेका छैनौँ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












