लेखराजजीलाई ४० वर्षदेखि विश्वास गरेँ तर धोका दिनुभयोः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले उद्योगमन्त्री लेखराज भट्टले आफूसँगको ४० वर्ष लामो सम्बन्ध बिर्सिएको बताएका छन्।
उनले केही दिनअघि खुमलटार सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग छलफलको क्रममा यस्तो बताएका हुन्। ‘सुदूरपश्चिमको पार्टीको जिम्मेवारी सहित हामीले लेखराजलाई मन्त्री बनाएको थियौँ।
पार्टी एकता भएपनि पार्टीमा अहिलेसम्म पूर्व पार्टीकै भागवण्डाअनुसार पदीय बाँडफाँड भइरहेको छ। हामीले विश्वास गरेर लेखराजजीलाई मन्त्रीको जिम्मेवारीमा पठायौँ। तर, उहाँले हामीलाई घात गर्नुभयो’, छलफलको क्रममा अध्यक्ष दाहालको भनाईलाई उदृत गर्दै सुदूरपश्चिम प्रदेश कमिटीका सह-इन्चार्ज खगराज भट्टले भने। ‘हामी भित्रको चित्त नबुझेको कुरा उहाँले हामीसँग आएर छलफल गर्नुपर्थ्यो।
तर, उहाँलाई मैले पटक पटक छलफलमा बोलाएँ तर, आउनुभएन। उहाँ आफूखुसी खुलमखुला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिनुभयो’, अध्यक्ष दाहालले भने, ‘हामीबीचको नमिलेको कुरा एकपटक पनि उहाँले मसँग र अन्य हाम्रा साथीहरुसँग राख्न चाहनु भएन।’ ‘उहाँमा वैचारिक विचलन देखियो। एकपटक उहाँले हामीसँग आफ्नो समस्या राख्नुभएको भए हामी त्यसको समाधान गर्नमा लाग्थ्यौँ।
हामीले अहिलेसम्म उहाँले भनेको नमानेको केही थिएन’ अध्यक्ष दाहालले दुखेसो पोख्दै भने, ‘तर, उहाँले एकपटक पनि मसँग छलफल गर्नुपर्छ भन्ने सोच्नुभएन।’
दाहालले विश्वास गरेकै मानिसबाट आफूलाई धोका भएको पटक पटक गुनासो गरे। ‘पार्टी एकतापछि पनि हाम्रो समूहबाट उहाँलाई हामीले मन्त्रीको जिम्मेवारी सुम्पिएर पठाएका हौँ। तर, उहाँले तत्कालै बिर्सिनुभयो,’ दाहालको भनाई उदृत गर्दै भट्टले भने, ‘विश्वासिलो मान्छेबाट धोका पाइयो। अहिले उहाँ हाम्रै पछि धारे हात लगाएर हिँड्नुभएको छ।’
दाहालले उनलाई मन्त्रीबाट हट्न नभनेको पनि उल्लेख गरे। ‘उहाँको बिषयमा छलफल भएको भएपनि तत्काल उहाँलाई हामीले हट्न भनेका होइनौँ’ खगराजले भने, ‘उहाँले चित्त नबुझेको कुरा हामीसँग राख्नुभएको हुन्थ्यो। तर, उहाँ अहिले हाम्रै विरुद्ध लाग्नुभएको छ। त्यसमा हामी असन्तुष्ट भएका हौँ।’ भट्टले विश्वासिलो पात्रले धोका दिएको भन्दै अध्यक्ष दाहालले गम्भीर चिन्ता जनाएको भट्टले बताए।
‘अध्यक्ष दाहाल पनि उहाँको विश्वासिलो पात्रले धोका दिएको भन्दै गम्भीर हुनुभएको छ’, उनले भने, ‘तर, हामीले उहाँको विकल्प खोजिहाल्ने, तत्काल राजीनामा दिइहाल्नुस् भन्ने कुरा गरेका छैनौँ।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












