योगेश भट्टराईको आग्रहः ‘नेकपा दुर्घटना नजिक पुग्यो’, सबै चलखेल रोकेर सल्लाह गरौं
काठमाडाैँ । सत्तारुढ दल नेकपा एकता प्रक्रिया जटिल बन्दै गएको बेला युवा नेताहरुले चिन्ता प्रकट गरेका छन् ।
पर्यटनमन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पार्टीको वर्तमान स्थितिलाई लक्षित गर्दै अवस्था दुर्घटनातर्फ उन्मुख भएको बताए । उनले सबैलाई अब रोकिनुपर्ने सुझाव पनि दिएका छन् । मंगलबार नेता भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’
नेता भट्टराईले उक्त अभिव्यक्तिको प्रसंग नखुलाए पनि सामाजिक सञ्जालमा उनको प्रतिक्रियामा कमेन्ट गर्नेहरुले पार्टी विभाजन उन्मुख अवस्थालाई चित्रित गरेका छन् । पछिल्लो समय नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र ओली इतर समूहबीच टकराब चलिरहँदा मन्त्री भट्टराईबाट यस्तो प्रतिक्रिया आएको हो ।
झण्डै एक महिनाअघि ओलीविरुद्ध प्रचण्ड, वामदेव गौतम, माधव नेपाल लगायत नेताहरु छलफलमा जुटिरहँदा योगेश पनि ओलीविरोधी समूहसँग नियमित सम्पर्क र छलफलमा थिए । अध्यक्ष ओलीले पार्टी बैठक छल्दैआएपछि अन्य नेताहरु रुष्ट बनेका छन् । यही साता अर्का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिलाई पार्टी विभाजनको संकेतको रुपमा पनि व्याख्या गरिएको छ
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












