नेकपा केन्द्रीय समिति माग गर्दै महासचिव पाैडेललाई १५० सदस्यको पत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै महासचिव विष्णु पौडेललाई पत्र बुझाउने तयारी गरेका छन् ।
पार्टी भित्रको विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै नेता पार्टी मुख्यालय धुम्बाराही पुगेर पत्र बुझाउने तयारी गरेका हुन् ।
बुधबार दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेर हिमाल शर्मा, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाक्री, कुमार पौडेल, डा. विजय पौडेल लगायतका केन्द्रीय सदस्यसहित १५० सदस्यले हस्ताक्षर गरेको पत्र महासचिव पौडेललाई बुझाउने तयारी गरेका हुन् ।
प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ । ४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना हुन्छ ।
केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार अहिलेसम्म १५० जनाको हस्ताक्षरसहितको पत्र तयार भएको छ । ‘हामी केहीबेरमा पत्र बुझाउन धुम्बाराहीमा जाँदैछौँ’, उनले भने, ‘पार्टीको आन्तरिक विवाद केन्द्रीय समितिमा छलफल गरेर टुंगो लगाउनुपर्छ ।’
पार्टी एकीकरणपछि अहिलेसम्म केन्द्रीय समिति बैठक बस्न सकेको छैन । कम्युनिस्ट पार्टीको शक्तिशाली निकाय केन्द्रीय समिति लामो समय बस्न नसक्नु बिडम्बना भएको नेताहरुको भनाइ छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












