काठमाडौंको सुरक्षा अब केन्द्रकै कमान्डमा
काठमाडौं । काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन अब केन्द्र मातहतबाटै गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा राजधानीको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा केन्द्र मातहत रहने गरी प्रकिया अघि बढाउने निर्णय भएको हो। त्यो अनुसार प्रहरी समायोजन तथा अन्य सुरक्षा समन्वय एवं संरचना तयार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
राजधानको सुरक्षा संवेदनशिलता र चुनौतीलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको बैठकमा सहभागी गृहका अधिकारीले बताए। राजधानीको सुरक्षा केन्द्र सरकार मातहत हुने कि प्रदेश सरकारबाट भन्नेमा लामो समय विवाद हुँदा समायोजनको काम अगाडि बढ्न सकेको थिएन। बाग्मती प्रदेश सरकारले राजधानी (उपत्यकाका तीन जिल्ला) लाई आफू मातहत राख्न खोजिरहेको थियो। तर, गृह मन्त्रालय र नेपाल प्रहरी केन्द्र मातहत हुनुपर्ने पक्षमा थियो।
समायोजन मस्यौदालाई अन्तिम रुप दिन प्रधानमन्त्रीसहित बसेको बैठकले राजधानीको शान्ति सुरक्षा अन्तत: केन्द्र मातहत रहने निर्णय गरेको हो। बुधबारको सरक्षा बैठकमा प्रधानमन्त्री ओलीले देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील मध्य नजर गर्दै केन्द्रीय प्रहरी खटाउनुपर्ने धारणा राखेपछि प्रहरी समायोजन मस्यौदामा केन्द्र मातहत राखिने भएको बताए।
हाललाई प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नै राख्ने समेत निर्णय सहमति भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रदेश प्रहरी प्रमुख राख्न माग गर्दै आएका थिए।
गृहले प्रहरी समायोजनाको विषय टुंगो लगाएसँगै अब समायोजन प्रक्रिया सुरु हुने गृह मन्त्रालयका एक अधिकारी बताए। महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ।
बुधबार प्रधानमन्त्रीनिवासमा प्रहरी समायोजन सम्बन्धमा छलफल गर्न गृह मन्त्रालय तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको टोली पुगेका थिए।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











