काठमाडौंको सुरक्षा अब केन्द्रकै कमान्डमा
काठमाडौं । काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन अब केन्द्र मातहतबाटै गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा राजधानीको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा केन्द्र मातहत रहने गरी प्रकिया अघि बढाउने निर्णय भएको हो। त्यो अनुसार प्रहरी समायोजन तथा अन्य सुरक्षा समन्वय एवं संरचना तयार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
राजधानको सुरक्षा संवेदनशिलता र चुनौतीलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको बैठकमा सहभागी गृहका अधिकारीले बताए। राजधानीको सुरक्षा केन्द्र सरकार मातहत हुने कि प्रदेश सरकारबाट भन्नेमा लामो समय विवाद हुँदा समायोजनको काम अगाडि बढ्न सकेको थिएन। बाग्मती प्रदेश सरकारले राजधानी (उपत्यकाका तीन जिल्ला) लाई आफू मातहत राख्न खोजिरहेको थियो। तर, गृह मन्त्रालय र नेपाल प्रहरी केन्द्र मातहत हुनुपर्ने पक्षमा थियो।
समायोजन मस्यौदालाई अन्तिम रुप दिन प्रधानमन्त्रीसहित बसेको बैठकले राजधानीको शान्ति सुरक्षा अन्तत: केन्द्र मातहत रहने निर्णय गरेको हो। बुधबारको सरक्षा बैठकमा प्रधानमन्त्री ओलीले देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील मध्य नजर गर्दै केन्द्रीय प्रहरी खटाउनुपर्ने धारणा राखेपछि प्रहरी समायोजन मस्यौदामा केन्द्र मातहत राखिने भएको बताए।
हाललाई प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नै राख्ने समेत निर्णय सहमति भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रदेश प्रहरी प्रमुख राख्न माग गर्दै आएका थिए।
गृहले प्रहरी समायोजनाको विषय टुंगो लगाएसँगै अब समायोजन प्रक्रिया सुरु हुने गृह मन्त्रालयका एक अधिकारी बताए। महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ।
बुधबार प्रधानमन्त्रीनिवासमा प्रहरी समायोजन सम्बन्धमा छलफल गर्न गृह मन्त्रालय तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको टोली पुगेका थिए।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












