प्रचण्डसंग पूर्वमाओवादी ६ भाईको गुनासोः हामीलाई छाडेर नयाँलाई साथ दिनुभयो
काठमाडाैँ । पूर्व माओवादी पक्षधर स्थायी कमिटी सदस्यहरूले आफुहरुलाई छोडेर अरूलाई साथ दिएको भन्दै गुनासो गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी पक्षधर पाँच जना स्थायी कमिटी सदस्यहरूले आफुहरूलाई भन्दा पूर्व एमालेका नेताहरूको साथ लिएको भन्दै आपत्ति जनाएका हुन्।
बिहीबार प्रचण्ड निवास खुमलटारमा स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल र जनार्दन शर्मा खुमलटार पुगेका थिए।
श्रोतका अनुसार भेटघाटको संयोजन स्थायी समिति सदस्य शर्माले गरेका थिए।
स्थायी समिति सदस्यहरुले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न सुझाव दिएको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।
उनीहरूले महाधिवेशन सम्म वरिष्ठ नेता माधव नेपालसँगको समिकरण भन्दापनि प्रधानमन्त्रीसँग नै मिलेर अगाडि बढ्न सुझाव दिएको अर्का स्थायी कमिटी सदस्यले बताए।
‘हामीले एकताको लागि पहल गर्नुस भन्यौ’, स्थायी समिति सदस्य हरिवोल गजुरेलले भने,’उहाँले म त प्रयत्न गर्छु र गरिरहेको छु। तपाईंहरूले पनि हौसला दिनुहोस् भन्नुभयो।’
अर्का स्थायी कमिटी सदस्य मणि थापाले अहिलेको अवस्थामा समिकरण बनाउनमा भन्दा पनि पार्टी एकतामा ध्यान दिन जरुरी रहेको धारणा आफुले राखेको बताए।
‘उहाँलाई हामीले पार्टी एकताको निम्ति साथ दिएको हो।त्यसैले पार्टी एकता गर्नपर्यो भनेर भनेका छौं’, थापाले भने,’समस्या समिकरणमा हो भन्ने लागेको छ। पार्टी एकता गर्ने गरी हाम्रो साथ रहन्छ भनेर हामीले भनेका छौ।’
स्थायी कमिटी सदस्यहरुको भेटमा प्रचण्डले मुख्य कमजोरी आफ्नो नभई ओलीको भएको बताएका थिए। उनले पूर्व माओवादीहरु एक ठाउँमा हुनुपर्नेमा समेत जोड दिएका थिए।
‘प्रधानमन्त्रीले महाधिवेशनबाट वैधानिक रुपमा छोड्छु भन्नुभएको छ। सहमतिमा एक पद छोड्ने या पार्टी निर्णय मान्न ओली तयार हुनुपर्ने अडान राख्नुभएको छ’,स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘महाधिवेशनमा गएर भएपनि अहिलेको समस्या समाधान गर्नुपर्छ। निकासका लागि भने प्रधानमन्त्री तयार हुनुपर्छ भन्ने हाम्रो धारणा हो।’
प्रधानमन्त्रीले आफ्ना धारणा बैठकमा आएर भन्नुपर्ने समेत पौडेलले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












