कांग्रेस सभापति पदमा आकाङ्क्षीको लर्को, दोहोरिएलान् त देउवा ?
काठमाडौं। १४ औं महाधिवेशनको सम्मुखमा रहेको नेपाली कांग्रेसमा ‘महाधिवेशन केन्द्रित राजनीति’ ले पार्टीभित्रको आन्तरिक टकरावलाई उत्कर्षमा पुर्याएको छ।
सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई लक्षित गर्दै पार्टी अन्तर्गतका विभाग गठनदेखि पदपूर्तीसम्मका काम गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चर्को विरोध गर्दै आएको छ।
पौडेल पक्षले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी समेत गरिसकेको छ। देउवालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ। देउवाको कदमलाई पौडेल समूहले आसन्न महाधिवेशनमा प्रभाव पार्ने प्रयास भन्दै टिप्पणी गरेको छ।
उजुरीमार्फत विभागहरूमा पदाधिकारीसँगै सदस्यको मनोनयन तत्काल रोक्न र भइसकेका मनोनयन बदर गर्न माग गरिएको छ।
महाधिवेशन स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित हुने आधार हराउँदै गएको पनि पौडेल समूहले उजुरीमा आरोप लगाएको छ।
यससँगै पूर्वमन्त्रीद्वय गोविन्दराज जोशी र पुष्करनाथ ओझा साथै रामबहादुर विष्टलाई अनुशासनको कारवाही भन्दै निष्कासन गरिएको, राप्रपा नेता सुनीलबहादुर थापालगायतको प्रवेश र देउवाद्वारा एकमुस्ट वितरीत क्रियाशील सदस्यतालाई लिएर पनि पार्टीभित्र विरोध हुँदै आएको छ।
सभापति देउवाले अघिल्लो महाधिवेशन सकिएको छ महीनाभित्र विभाग गठन नगरेर महाधिवेशनको सम्मुखमा धमाधम गर्न थाल्दा विवाद भएको हो। जसले गर्दा आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस विभाग गठन र सदस्य मनोनयनको ‘गज्याङमज्याङ’ मा फसेको छ। जसले वैचारिक सवाल छायाँमा परेको भन्दै दोस्रो पुस्ताका नेताहरूले आवाज उठाउन थालेका छन्।
तर, देउवाले पौडेल पक्षको माग र विरोधलाई ‘मूल्यहीन’ ठानेका छन्। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ को स्थितिमा देउवा देखिएको पौडेल पक्षका एक नेताले बताए। जे-जे गरेर भए पनि महाधिवेशनबाट पुनः पार्टी सभापति हुने दाउमा देउवा होमिएको उनको आरोप छ।
“सभापति पदको शक्तिशाली उम्मेदवार हुन शक्ति निर्माण गरिरहेका छन्। सोहीअनुसार उनले खेलकुद विभाग, महिला संघ र जेष्ठ राजनीतिज्ञ सभा एकलौटी रूपमा गठन गरेका छन्,” कोषाध्यक्ष सीतादेवी यादवले देखापढीसँग भनिन्।
देउवाले पार्टीको २८ वटा विभागलाई बढाएर ४७ वटा पु्र्याएकोमा पनि पार्टीभित्र चर्को विरोध भइरहेको छ। बहुमतको बलमा देउवाले पौडेल र कृष्णप्रसाद सिटौला समूहको बहिस्कारका बावजुद विभाग बढाउने निर्णय गत पुसमा गरेका हुन्। थप गरिएका विभागमा देउवाले आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरूलाई धमाधम मनोनयन गरिरहेका छन्।
पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट भने ती विभागहरूमा प्रतिनिधित्व छैन। दुवै समूहले प्रतिनिधित्व नगराउने भन्दै आएका छन्।
काग्रेसको विधानअनुसार महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि महाधिवेशन प्रभावित हुने गरि नियुक्तिदेखि गठनलगायतका गतिविधि गर्न पाइन्न।
कांग्रेसको विधानको परिच्छद १२ को धारा ६० मा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महीनाभित्र गठन गरिसक्नु पर्नेछ’ उल्लेख छ।
यद्यपी, सभापति देउवाले अघिल्लो महाधिवेशन सकिएको छ महीनाभित्र विभाग गठन नगरेर महाधिवेशनको सम्मुखमा धमाधम गर्न थाल्दा विवाद भएको हो। जसले गर्दा आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस विभाग गठन र सदस्य मनोनयनको ‘गज्याङमज्याङ’ मा फसेको छ। जसले वैचारिक सवाल छायाँमा परेको भन्दै दोस्रो पुस्ताका नेताहरूले आवाज उठाउन थालेका छन्।
नेता पौडेलले गत बिहीबार विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषणा गरिसकेका छन्।
“पौडेल पक्ष पनि वैचारिक एजेण्डा बिना महाधिवेशनमा जाने योजनामा देखिन्छ। उहाँहरु देउवालाई गाली गर्नेमात्रको रणनीतिमा सिमित हुनुहुन्छ,” एक नेताले भने।
यसरी हुँदैछ महाधिवेशनको तयारी
आगामी फागुनको ७ देखि १० गतेसम्म १४औं महाधिवेशन हुने निर्णयसँगै त्यसका लागि कार्यतालिका सार्वजनिक गरिसकिएको छ।
कार्यतालिका अनुसार साउनको पहिलो सातादेखि क्रियाशील सदस्यता वितरण र नवीकरण देशभर भइरहेको छ। यही महीनाको मसान्तसम्ममा सदस्यता वितरण र नवीकरण सकिनु पर्ने समयसीमा छ।
भदौ मसान्तसम्ममा भने वितरीत नयाँ क्रियाशील सदस्यताको सूची क्षेत्रीय समितिले र नवीकरण भएका क्रियाशील सदस्यताहरूको सूची जिल्ला कार्य समितिले प्रकाशन गरी पार्टी केन्द्रमा पठाउनु पर्नेछ।
पौडेलमा एक पटक भए पनि पार्टी ‘ड्राइभ’ गर्ने मनोकाङ्क्षा छ। सोही अनुसार सभापति पदको दौडमा उम्मेदवार हुने गरिका आकाङ्क्षी पौडेल हुन्। उनले यसअघि नै अनामनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन्। जहाँ उनले पार्टी नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्दै आएका छन्।
असोज १५ भित्र नयाँ क्रियाशील सदस्यताबारे प्रारम्भिक छानविन समितिमा उजुरी दिने व्यवस्था छ। यसैगरी नवीकरण भएका सदस्यता उपर केन्द्रीय छानविन समितिमा उजुरी दिन सकिने छ। असोज मसान्तभित्र सबै उजुरीमाथि छानबिन समितिले निर्णय गरिसक्नु पर्नेछ।
गाउँ/नगरको वडा अधिवेशन पुस ६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गतेलाई तय भएको छ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पुस १६ गते गरिने कार्यतालिकामा उल्लेख छ। प्रदेश अधिवेशन माघको ६ गतेसम्म सक्नु पर्ने छ।
यी हुन् सभापति पदका आकाङ्क्षी
मुलुकको ठूलो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसमा सभापति पदमा आकाङ्क्षीको लर्को देखिएको छ।
आकाङ्क्षी देखिएकामा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह रहेका छन्।
नेताहरू अर्जुननरसिं केसी, डा. शेखर कोइराला, डा. रामशरण महत र गगनकुमार थापा पनि सभापति पदका आकाङ्क्षी हुन्।
यी आकाङ्क्षीहरू संस्थापन समूह, पौडेल र सिटौला समूहका हुन्। र, महाधिवेशनमा तीन जनासम्म सभापति पदको उम्मेदवार हुने देखिन्छ।
कतिपयले शक्ति सञ्चयका लागि पनि ‘बार्गेनिङ’ गर्न आकाङ्क्षा देखाएका हुन्।
हालको स्थितिलाई हेर्दा कांग्रेसमा संस्थापन (देउवा) समूह र पौडेल समूह नै बलियो देखिन्छ। कमजोर समूह सिटौलाकै हो। यसले गर्दा सिटौलाले दुई मध्ये एक समूहलाई समर्थन गर्ने अवस्था नरहला भन्न सकिन्न।
हालको तयारी र स्थिति हेर्दा संस्थापन समूहबाट देउवा नै उम्मेदवार हुने देखिन्छ। जसका लागि नै उनले महाधिवेशन केन्द्रित गतिविधिलाई रफ्तारमा लगेका छन्।
खेलकुद विभाग, महिला संघ, ज्येष्ठ राजनीतिज्ञ सभा गठनदेखि राप्रपा नेता सुनीलबहादुर थापासम्मको पार्टी प्रवेश देउवाले गराइसकेका छन्। विभागको सङ्ख्या बढाएर झण्डै दोब्बर बनाएका छन्। केही नेतालाई अनुशासनको कारबाही गराउँदै निष्कासन पनि गरेका छन्।
यससँगै उनले बुढानीलकण्ठस्थित निवासमा आफू पक्षीय नेताहरूसँगको भेटघाटलाई केही महिना यता तीब्रता दिएका छन्। यी सब तयारीको आधारमा देउवा उम्मेदवार हुने नै देखिन्छ। देउवा उम्मेद्वार भएमा विमलेन्द्र निधी भने आकाङ्क्षीमै सीमित हुनेछन्। अर्थात् उनी सभापति पदको आकाङ्क्षीबाट ‘ब्याक’ हुनेछन्।
बाँकी रहेका आठ जना आकाङ्क्षीमध्ये छ जना पौडेल समूहका हुन्। पौडेल समूहमा धेरै आकाङ््क्षी देखिएकाले त्यहाँबाट उम्मेदवार छनौटमा बढो सकस हुने देखिन्छ।
पौडेलमा एक पटक भए पनि पार्टी ‘ड्राइभ’ गर्ने मनोकाङ्क्षा छ। सोही अनुसार सभापति पदको दौडमा उम्मेदवार हुने गरिका आकाङ्क्षी पौडेल हुन्। उनले यसअघि नै अनामनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन्। जहाँ उनले पार्टी नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्दै आएका छन्।
सोही समूहकै नेता प्रकाशमान सिंहले पनि प्रतिनिधिसभा निर्वाचनको बेला विजुलीबजारमा खोलेको सम्पर्क कार्यालयमा भेटघाट गरिरहेका छन्। अर्जुननरसिंह केसीले आफ्नै घरमा यसअघिदेखि नै भेटघाट गर्दै आएका छन्।
महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र रामशरण महतले पनि आफ्नो समूहबाट उम्मेवारी हत्याउन आन्तरिक तयारी गर्दै आएका छन्। यसले गर्दा पौडेल समूहबाट सभापति पदको उम्मेदवार को हुन्छ? भन्न सकिने अवस्था छैन।
यता सिटौला समूहबाट सिटौला आफैं र नेता गगन थापा छन्। सिटौला उम्मेदवार बनेको अवस्थामा थापा ब्याक हुने अनुमान गर्न सकिन्छ।
हालको स्थितिलाई हेर्दा कांग्रेसमा संस्थापन (देउवा) समूह र पौडेल समूह नै बलियो देखिन्छ। कमजोर समूह सिटौलाकै हो। यसले गर्दा सिटौलाले दुई मध्ये एक समूहलाई समर्थन गर्ने अवस्था नरहला भन्न सकिन्न।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












