ओलीका प्रेस संयोजकलाई प्रचण्डका प्रेस संयोजकको जवाफ– गलत प्रचार नगरौँ, सत्य अर्कै छ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ४ नेताले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएपछि प्रचण्ड सचिवालयले खण्डन गरेको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बुधबार प्रचण्डसहित नेता र पत्रकारहरूबीचकाे भेटलाई गलत तरिकाले प्रचार गरिएकाे बताएका हुन् ।
‘त्यो प्रेस संगठन नेपालको भेला थिएन । मूलतः नेकपा बिटमा रिपोर्टिङ गरिरहेका पत्रकार साथीहरूसँगको भेटघाट थियो । बढी अनलाइनसँग सम्बद्ध साथीहरूको सहभागिता थियो’, सापकोटाले फेसबुकमा लेखेका छन्, ‘त्यो कार्यक्रम नेताहरूले प्रेस संगठन नेपाल भनेर एक शब्द पनि उच्चरण गर्नुभएको छैन । न त कुनै प्रेस संगठन नेपालका नेताहरू नै बोल्नुभएको थियो । बरू प्रेस संगठन नेपालको कमिटीमा आबद्ध साथीहरूलाई बोलाइएको थिएन । नेकपा बिटमा लेखिरहने साथीहरूलाई बोलाइएको थियो ।’
पत्रकार सम्मेलनमा नेताहरूले कुनै समूहविरुद्ध लेख्न अपिल नगरिएको समेत उनले उल्लेख गरेका छन् । ‘प्रचार गरिए जस्तो नेताहरूले कुनै समूह अथवा नेताविरुद्ध लेख्न पनि भन्नु भएको छैन । बरू उहाँहरूको चिन्ता थियो- ‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो । त्यो सत्य होइन । उहाँहररूको भनाइको सार थियो- जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने विषयसँग सम्बन्धित संघर्ष हो’, सापकोटाले लेखेका छन्, ‘विचार र संगठनसँग सम्बन्धित बिषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो ।’ मात्रै यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेताविरुद्ध लेख्न अपिल गरिएको भन्ने प्रचार गलत हो ।’
बिहीबार बिहान प्रधानमन्त्री प्रेस संयोजक थापाले फेसबुकमा एक पाेस्ट सेयर गर्दै प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












