प्रधानमन्त्री निवासमा कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि उनले भेटेका संघीय सरकारका भिआइपीहरु तर्सिएका छन्।
यादवले यही आइतवार जनकपुर फर्किनुअघि गृहमन्त्री रामबहादुर थापा बादल, कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुलाई भेटेका थिए। उनी जनकपुर फर्किएपछि बुधबार साँझ कोरोना पुषुटि भएको थियो।
जनकपुरस्थित ल्याबमै गरिएको परीक्षणमा कोरोना देखिएपछि सिंहदरबारदेखि बालुवाटारसम्म त्रास छाएको छ। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा तीन दिनअघि मात्रै बालुवाटारका सबैको कोरोना परीक्षण गरिएको बताउँछन्।
उनका अनुसार बालुवाटारमा सबैको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको छ। ‘कोही भेट्न आएकै कारण कोरोना परीक्षण गरिएको होइन, यादवजी बालुवाटार आउँदा पनि निश्चित दूरीसहित बैठक गरिएको थियो’, उनले भने, ‘तर प्रधानमन्त्री निवासका सबैको कोरोना परीक्षण भइसकेको छ। मलाई प्राप्त जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ।
‘ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयका कर्मचारी र अन्य अधिकारीको पनि कोरोना परीक्षण भएको उनले बताए। ‘सिंहदरबारमा पनि कर्मचारी र अन्य अधिकारीको कोरोना परीक्षण भएको छ’, उनले भने, ‘ती दुवै ठाउँमा कसैलाई पनि संक्रमण पुष्टि भएको छैन।’
Comments
अरु समाचार
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...
-
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
-
न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...