निजी अस्पतालले उपचार गर्न नमानेको रिसमा नारायणी अस्पताल तोडफोड
काठमाडाैँ । गम्भीर बिरामी एकजना युवतीलाई निजी अस्पतालले उपचार गर्न नमान्दा ज्यान गएपछि उनका आफन्तहरुले वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड गरेका छन्।
सरकारले केही दिनअघि मात्रै यो अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेपछि सर्वसाधरणको आक्रोश चुलिएको थियो। अन्य रोगका बिरामीको निजीले उपचार गर्न नमानेको अवस्थामा नारायणी अस्पताललाई जनरल अस्पताल कायमै गर्नुपर्ने माग उठ्दै आएको छ।
वीरगञ्जमा सञ्चालित नेशनल मेडिकल कलेजसहित कुनै अस्पतालले पनि ज्वरो आएकासहित कुनै पनि बिरामीको उपचार गर्न नमानेपछि सर्वसाधारणले नारायणी अस्पताललाई जनरलमा परिणत गर्नुपर्ने बताउँदै आएका छन्। यस्तोमा नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै तनाव बढेको हो।
उनलाई वीरगञ्जका कुनै पनि निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेका थिए। निजीले उपचार अस्वीकार गरेको अवस्थामा सरकारी अस्पताललाई जनरल बनाउन सकेमा अन्य रोगका बिरामीले यसरी मर्नु नपर्ने उनीहरुको मत छ। आक्रोशित भिडले आइतवार बिहान आक्रोशित एउटा समूहले नारायणी अस्पतालमा तोडफोड गरेको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
तोडफोडबाट डा. उपाध्यायकै गाडीमा क्षति पुगेको छ। त्यसैगरी डा. उदयनारायण सिंहको गाडी पनि तोडफोड गरिएको छ। उक्त समूहले कोभिड-१९ को स्वाब संकलन गर्ने बुथ र सेनिटाइज गर्ने मेसिन पनि तोडफोड गरेका छन्। उनीहरुले अस्पतालमा राखिएका अन्य सामाग्रीमा पनि क्षति पुर्याएका छन्। ज्यान गुमाएकी ती युवतीलाई निजी अस्पतालले नलिएपछि नारायणी अस्पतालमा कोभिडको सिन्ड्रम अनुमान गरेर गण्डक कोभिड अस्पतालमा लगिएको थियो। नारायणीमा पछिल्लो पटक ३८ जना स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन्।
नारायणी अस्पतालले सबै सेवा दिन नसक्ने अवस्था रहेको उपाध्यायले बताए। यसबीचमा सरकारले वीरगञ्जमा कोरोना फैलिइसकेपछि पुन: कोभिड अस्पताल बनाउन भनेर पत्र पठाएको छ। वीरगञ्जमा हाल गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयरलाई कोभिड अस्पताल बनाइएको छ। गण्डकले थेग्न नसकेपछि वीरगञ्ज हेल्थ केयरलाई पनि कोभिड अस्पताल बनाइएको छ। वीरगञ्ज हेल्थ केयरमा एक सयदेखि डेढ सयसम्म विरामी छन् भने गण्डकमा ६२ जना बिरामी छन्।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











