निजी अस्पतालले उपचार गर्न नमानेको रिसमा नारायणी अस्पताल तोडफोड
काठमाडाैँ । गम्भीर बिरामी एकजना युवतीलाई निजी अस्पतालले उपचार गर्न नमान्दा ज्यान गएपछि उनका आफन्तहरुले वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड गरेका छन्।
सरकारले केही दिनअघि मात्रै यो अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेपछि सर्वसाधरणको आक्रोश चुलिएको थियो। अन्य रोगका बिरामीको निजीले उपचार गर्न नमानेको अवस्थामा नारायणी अस्पताललाई जनरल अस्पताल कायमै गर्नुपर्ने माग उठ्दै आएको छ।
वीरगञ्जमा सञ्चालित नेशनल मेडिकल कलेजसहित कुनै अस्पतालले पनि ज्वरो आएकासहित कुनै पनि बिरामीको उपचार गर्न नमानेपछि सर्वसाधारणले नारायणी अस्पताललाई जनरलमा परिणत गर्नुपर्ने बताउँदै आएका छन्। यस्तोमा नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै तनाव बढेको हो।
उनलाई वीरगञ्जका कुनै पनि निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेका थिए। निजीले उपचार अस्वीकार गरेको अवस्थामा सरकारी अस्पताललाई जनरल बनाउन सकेमा अन्य रोगका बिरामीले यसरी मर्नु नपर्ने उनीहरुको मत छ। आक्रोशित भिडले आइतवार बिहान आक्रोशित एउटा समूहले नारायणी अस्पतालमा तोडफोड गरेको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
तोडफोडबाट डा. उपाध्यायकै गाडीमा क्षति पुगेको छ। त्यसैगरी डा. उदयनारायण सिंहको गाडी पनि तोडफोड गरिएको छ। उक्त समूहले कोभिड-१९ को स्वाब संकलन गर्ने बुथ र सेनिटाइज गर्ने मेसिन पनि तोडफोड गरेका छन्। उनीहरुले अस्पतालमा राखिएका अन्य सामाग्रीमा पनि क्षति पुर्याएका छन्। ज्यान गुमाएकी ती युवतीलाई निजी अस्पतालले नलिएपछि नारायणी अस्पतालमा कोभिडको सिन्ड्रम अनुमान गरेर गण्डक कोभिड अस्पतालमा लगिएको थियो। नारायणीमा पछिल्लो पटक ३८ जना स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन्।
नारायणी अस्पतालले सबै सेवा दिन नसक्ने अवस्था रहेको उपाध्यायले बताए। यसबीचमा सरकारले वीरगञ्जमा कोरोना फैलिइसकेपछि पुन: कोभिड अस्पताल बनाउन भनेर पत्र पठाएको छ। वीरगञ्जमा हाल गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयरलाई कोभिड अस्पताल बनाइएको छ। गण्डकले थेग्न नसकेपछि वीरगञ्ज हेल्थ केयरलाई पनि कोभिड अस्पताल बनाइएको छ। वीरगञ्ज हेल्थ केयरमा एक सयदेखि डेढ सयसम्म विरामी छन् भने गण्डकमा ६२ जना बिरामी छन्।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












