जोरविजोर उल्लघंन गरेको भन्दै राष्ट्र बैंकको गाडी नियन्त्रणमा
काठमाडौं। ट्राफिक प्रहरीले जोरविजोर सवारी साधनको नियमन उल्लघंन गरेको भन्दै राष्ट्र बैंकका गाडी समेत नियन्त्रणमा लिन थालेको छ।
बैंक तथा वित्तिय संस्था अत्यावश्यक सेवाभित्र पर्छ। ट्राफिक प्रहरीले न्युरोड गेट अघि राष्ट्र बैंकका निर्देशकसहितका कर्मचारी चढेको गाडी विहान नियन्त्रणमा लिएको हो। राष्ट्र बैंकका निर्देशकले परिचयपत्र र ब्लु बुक देखाउँदा समेत प्रहरीले गाडी नियन्त्रणमै लिएको स्रोतले बतायो।
गाडीको ब्लु बुक समेत राष्ट्र बैंकको नाममा दर्ता रहेको देखाउँदा समेत प्रहरीले गाडी नमानेको एक कर्मचारीले बताए। ‘सबै प्रमाण देखाउँदा समेत प्रहरीले गाडी छाड्न मानेन्,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘त्यसपछि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नियमन विभागका प्रमुख देव ढकालले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेपछि मात्रै गाडी छाडिएको थियो।’ ट्राफिक प्रहरीले भने माथिको निर्देशन अनुसार गाडी नियन्त्रणमा लिएको बताए।
‘सुरुमा हामीलाई सरकारी बाहेक रातो कालो नम्वरका सबै सवारीलाई जोरबिजोर गर्नुपर्ने निर्देशन थियो। त्यही अनुसार कार्यन्वयन गरेका हौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले भने, ‘पछि उहाँहरुले माथिल्लो निकायमा भन्नु भएको रहेछ। त्यसपछि हामीलाई अहिले कर्मचारीको कार्ड हेर्नु अनि छोड्दिनु भन्ने निर्देशन आएको छ।’
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्त्रिपरिषद्को निर्णय अनुसार जोरविजोर नियम कार्यान्वयनमा ल्याएको बताउँदै काम गर्नेलाई समस्या भएमा सम्वन्धित जिल्ला प्रशासनमा जानकारी दिन समेत आग्रह गरे। ‘यो मन्त्रिपरिषद्को निर्णय नै हो। यदी उहाँहरुलाई काम गर्ने नै समस्या भएमा सन्वन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिए केही व्यवस्था हुनसक्छ,’ उनले भने।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












