९ जना प्रहरीसहित पर्सामा थप ७५ जनामा कोरोना
काठमाडाैँ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् । वीरगन्जको गण्डकस्थित काेराेना विशेष नारायणी अस्पताल
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण छन् ।
७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
महानगरपालिका स्वास्थ्य प्रमुख अरुण महतोले यसअघि संक्रमित पुष्टि भइसकेका वीरगन्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका बताए । ‘उहाँहरु पोजिटिभ आएपछि मैले गत साउन २१ मा स्वाब परीक्षणका लागि दिएको थिएँ,’ उनले भने, ‘चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेको छु । बीचमा ३ दिन ज्वारो पनि आएको थियो ।’ नारायणी अस्पतालका तीन जना स्टाफमा पनि संक्रमण देखिएको छ ।
शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए । यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ७ जना संक्रमित वीरगन्जको गणेश टोलका बासिन्दा हुन् । अन्य संक्रमित वीरगन्जको लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा हुन् । पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











