९ जना प्रहरीसहित पर्सामा थप ७५ जनामा कोरोना
काठमाडाैँ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् । वीरगन्जको गण्डकस्थित काेराेना विशेष नारायणी अस्पताल
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण छन् ।
७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
महानगरपालिका स्वास्थ्य प्रमुख अरुण महतोले यसअघि संक्रमित पुष्टि भइसकेका वीरगन्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका बताए । ‘उहाँहरु पोजिटिभ आएपछि मैले गत साउन २१ मा स्वाब परीक्षणका लागि दिएको थिएँ,’ उनले भने, ‘चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेको छु । बीचमा ३ दिन ज्वारो पनि आएको थियो ।’ नारायणी अस्पतालका तीन जना स्टाफमा पनि संक्रमण देखिएको छ ।
शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए । यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ७ जना संक्रमित वीरगन्जको गणेश टोलका बासिन्दा हुन् । अन्य संक्रमित वीरगन्जको लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा हुन् । पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












