हवाई सेवा भदौ १ देखि सुरु हुँदै, एयरलाइन्स र गन्तव्यबारे अझै भएन अन्योल
काठमाडौं । सरकारले भदौ १ देखि नियमित हवाई सेवा सुरु गर्दै छ ।
सरकारको निर्णयसँगै स्वदेशी तथा विदेशी हवाई सेवा कम्पनीले उडान तयारी पनि गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान कार्यालयले पनि तयारी गरिरहेको छ ।
नेपालमा उडान गर्न १३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले अनुमति मागेका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स र उडान गन्तव्यबारे निर्णय गरिसकेको छैन । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले उडान अनुमतिका लागि १३ एयरलाइन्सले निवेदन दिएको र गन्तव्यबारे निर्णय गर्न लागेको बताए ।
कुन-कुन एयरलाइन्स र कुन-कुन गन्तव्यबाट नेपाल आउन र नेपाली विमान कम्पनीलाई पनि कुन-कुन गन्तव्यमा उडान अनुमति दिने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ । “यसको निर्णय छिट्टै हुन्छ,” उनले भने ।
कोरोना बढी प्रभावित गन्तव्यमा जान र त्यस्ता गन्तव्यबाट नेपालमा आउन नदिने तयारी सरकारको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ९ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमित हवाई सेवा प्रतिबन्ध लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडानका लागि स्वदेशी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले अनुमती मागेका छन् भने नेपालमा उडान भर्न कतार एयरवेज, कोरियन एयर, इत्तिहाद, एयर अरेबिया, टर्किस् एयरवेजलगायत विमान कम्पनीले आवेदन दिएका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












