हवाई सेवा भदौ १ देखि सुरु हुँदै, एयरलाइन्स र गन्तव्यबारे अझै भएन अन्योल
काठमाडौं । सरकारले भदौ १ देखि नियमित हवाई सेवा सुरु गर्दै छ ।
सरकारको निर्णयसँगै स्वदेशी तथा विदेशी हवाई सेवा कम्पनीले उडान तयारी पनि गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान कार्यालयले पनि तयारी गरिरहेको छ ।
नेपालमा उडान गर्न १३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले अनुमति मागेका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स र उडान गन्तव्यबारे निर्णय गरिसकेको छैन । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले उडान अनुमतिका लागि १३ एयरलाइन्सले निवेदन दिएको र गन्तव्यबारे निर्णय गर्न लागेको बताए ।
कुन-कुन एयरलाइन्स र कुन-कुन गन्तव्यबाट नेपाल आउन र नेपाली विमान कम्पनीलाई पनि कुन-कुन गन्तव्यमा उडान अनुमति दिने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ । “यसको निर्णय छिट्टै हुन्छ,” उनले भने ।
कोरोना बढी प्रभावित गन्तव्यमा जान र त्यस्ता गन्तव्यबाट नेपालमा आउन नदिने तयारी सरकारको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ९ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमित हवाई सेवा प्रतिबन्ध लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडानका लागि स्वदेशी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले अनुमती मागेका छन् भने नेपालमा उडान भर्न कतार एयरवेज, कोरियन एयर, इत्तिहाद, एयर अरेबिया, टर्किस् एयरवेजलगायत विमान कम्पनीले आवेदन दिएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












