विवादकाबीच देउवाले गरे दश विभाग विस्तार(नामावलीसहित)
काठमाडाैँ । कांग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् ।
आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् ।
उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् । महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाएका हुन् । सभापति देउवाले गरेको विभाग गठन विधानको विरुद्धमा समेत छ ।
पार्टीको विधानअनुसार केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ । सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थालेका हुन् ।
देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसकेका छन् । एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन । संस्थापन इतरपक्षका लागि भन्दै अरु सदस्यहरु खाली राखिएको देउवा निकट एक केन्द्रीय सदस्यले बताए । अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु देउवाले मनोनयन गरिसकेका छन् ।
आफ्नो समूहका केन्द्रीय सदस्य शिव हुमागाईं विभाग प्रमुख बनाइदिए पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि विभाग गठनको विरोधमा देखिएका छन् । यसले महाधिवशेन निष्पक्ष र स्वतन्त्रतापूर्वक हुनेमा पौडेल र सिटौला पक्षका नेताहरु संशकित छन् । देउवाले थप ७ वटा विभागलाई पूर्णता दिने तयारीमा जुटेका छन् । स्थानीय तहका नेता तथा कार्यकर्तालाई पद बाँडेर महाधिवेशन प्रभावित पार्ने योजना देउवामा रहेको भन्दै संस्थापन इतरपक्षले विरोध गर्दै आएको हो ।
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महाधिवेशनको नेतृत्व गर्ने पार्टी सभापति नै आफ्नो उम्मेदवारीलाई फाइदा पुर्याउने गरी काम गरिरहेको बताए । ‘सभापतिले आगामी महाधिवेशनका उम्मेदवार शेरबहादुर
देउवालाई कसरी जिताउन सकिन्छ भनेर काम गरिरहनु भएको छ,’ रिजालले भने, ‘पार्टीभित्रै यस्तो बदमासी गर्न थालिएपछि राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री केपी ओलीले बदमासी गरे भनेर बोल्न नैतिक बल गुमेको छ ।’
विभाग प्रमुख र सदस्यहरुको सूची हेर्नुहोस्
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












