अयोध्यामा मोदीसँगै भूमि पूजा गरेका महन्थलाई कोरोना
एजेन्सी । आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ।
अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो। नृत्य गोपाल दास बुधवार जन्माष्टमी मनाउन मथुरा पुगेका थिए। बिहीबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो। मुख्यमन्त्री कार्यालयका कर्मचारी र स्वास्थ्य टोलीले उनी बसेको ठाउँमा पुगेर जाँचेको थियो। त्यहाँ स्वाब लिएर गरिएको परीक्षणमा उनी संक्रमित पाइएको हो।
यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथ फोनमा महन्थको स्वास्थ्यको जानकारी लिएका छन्। योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेपछि उनलाई मेदन्ता अस्पताल भर्ना गर्न भनेका छन्।
महन्त नृत्य गोपाल श्रीकृष्ण जन्मभूमि न्यासका अध्यक्ष हुन्। कृष्ण जन्माष्टमीमा बुधवार राति श्रीकृष्ण जन्मस्थानमा आयोजित प्राकट्योत्सव कार्यक्रममा सहभागी भएका थिए। हरेक पटक उनी यो कार्यक्रममा सहभागी हुन्छन्।
तर यस पटक उनी अयोध्याबाट पवित्र सरयु जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए। उनी कृष्णजीको जन्मस्थानमा अभिषेकको बेला पनि बसेका थिए। उनका शिष्यले नै अभिषेक परम्परा पूरा गरेका थिए।
बुधवार मध्यराति नृत्य गोपालदास मथुरामा थिए। उनले त्यहाँ कृष्ण जन्मस्थानमा सरयु नदीको जलबाट भगवान श्रीकृष्णको अभिषेक गरेका थिए। यो जल उनले अयोध्याबाट ल्याएका थिए।
महन्त गत मंगलवारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए। उनका शिष्य धर्मेन्द्र दासले उनको अवस्था चिन्ताजनक नभएको बताएका छन्। उनलाई श्वास लिन केही समस्या भएको छ। औषधि दिएपछि ज्वरो उत्रिएको छ। उनलाई अक्सिजन पनि दिइने भएको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












