अयोध्यामा मोदीसँगै भूमि पूजा गरेका महन्थलाई कोरोना
एजेन्सी । आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ।
अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो। नृत्य गोपाल दास बुधवार जन्माष्टमी मनाउन मथुरा पुगेका थिए। बिहीबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो। मुख्यमन्त्री कार्यालयका कर्मचारी र स्वास्थ्य टोलीले उनी बसेको ठाउँमा पुगेर जाँचेको थियो। त्यहाँ स्वाब लिएर गरिएको परीक्षणमा उनी संक्रमित पाइएको हो।
यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथ फोनमा महन्थको स्वास्थ्यको जानकारी लिएका छन्। योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेपछि उनलाई मेदन्ता अस्पताल भर्ना गर्न भनेका छन्।
महन्त नृत्य गोपाल श्रीकृष्ण जन्मभूमि न्यासका अध्यक्ष हुन्। कृष्ण जन्माष्टमीमा बुधवार राति श्रीकृष्ण जन्मस्थानमा आयोजित प्राकट्योत्सव कार्यक्रममा सहभागी भएका थिए। हरेक पटक उनी यो कार्यक्रममा सहभागी हुन्छन्।
तर यस पटक उनी अयोध्याबाट पवित्र सरयु जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए। उनी कृष्णजीको जन्मस्थानमा अभिषेकको बेला पनि बसेका थिए। उनका शिष्यले नै अभिषेक परम्परा पूरा गरेका थिए।
बुधवार मध्यराति नृत्य गोपालदास मथुरामा थिए। उनले त्यहाँ कृष्ण जन्मस्थानमा सरयु नदीको जलबाट भगवान श्रीकृष्णको अभिषेक गरेका थिए। यो जल उनले अयोध्याबाट ल्याएका थिए।
महन्त गत मंगलवारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए। उनका शिष्य धर्मेन्द्र दासले उनको अवस्था चिन्ताजनक नभएको बताएका छन्। उनलाई श्वास लिन केही समस्या भएको छ। औषधि दिएपछि ज्वरो उत्रिएको छ। उनलाई अक्सिजन पनि दिइने भएको छ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












