खानेकुराबाट कोरोना सर्छ भनेर डराउनु पर्दैन : डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले यससबारे डराउनु नपर्ने बताएको छ ।
वास्तवमा बुधबार चीनको दक्षिण तर्फको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर गरिएको थियो जसले यतिबेला मानिसहरूमा त्रास फैलाइरहेको बताइएको छ । तर अमेरिकाको सीडीसी र डब्लूएचओ दुवैले खानेकुराबाट भाइरस संक्रमण हुने सम्भावना अत्यन्तै कम रहेको बताउँदै आएका छन् । तापनि सेनजेनका स्वास्थ्य अधिकारीहरूले सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गरेको हो जसमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ । यसबाहेक स्टकमा राखिएका अन्य सबै सम्बन्धित उत्पादनहरूको जाँच गर्दा पनि नेगेटिभ नै आएको खबर गरिएको छ ।
यस्तोमा आधिकारिक निकायहरूले सो मासुको प्याकेज भण्डारण गरी राखिएको पूरै क्षेत्रलाई ‘डिस्इन्फेक्ट’ गरी किटाणुमुक्त पारिसकेका छन् । यसमा सो प्याकेजिङमा कतिबेला र कहाँबाट भाइरस संक्रमित भयो भन्नेचाहिँ अझै स्पष्ट भएको छैन ।
यससम्बन्धी डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले भनेका छन्, “मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यससम्बन्धी सबैले सुरक्षित र सहज महसुस गर्दा हुन्छ । किनकि हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण छैन ।”
डब्लूएचओकै अर्की एपिडेमोलोजिस्ट मारिया भन करकोभका अनुसार महमारी सुरु भएदेखि चीनले सयौँ , हजारौँका सङ्ख्यामा बाहिरबाट आएका प्याकेजहरूको जाँच गर्दै आएको छ र यसमा एकदमै थोरै, दशभन्दा कम मात्र भाइरस पोजेटिभ भेटिएका छन् ।
त्यसैगरी यता ब्राजिलको कृषि मन्त्रालयले पनि चीनबाट आएको यो खबरको स्पष्टीकरण खोजिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । आफूहरूले देशभित्र रहँदा सबै उत्पादनमा सावधानी अपनाउने गरेको तर सामानहरू बाहिर जाँदा त्यो कुन अवस्थामा हुन्छ भन्नेको चाहिँ जिम्मा लिन नसक्ने युकेडरका उत्पादन मन्त्री इभान ओन्टानेडाले सञ्चार एजेन्सी रोएटर्ससँग बताएका हुन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












