खानेकुराबाट कोरोना सर्छ भनेर डराउनु पर्दैन : डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले यससबारे डराउनु नपर्ने बताएको छ ।
वास्तवमा बुधबार चीनको दक्षिण तर्फको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर गरिएको थियो जसले यतिबेला मानिसहरूमा त्रास फैलाइरहेको बताइएको छ । तर अमेरिकाको सीडीसी र डब्लूएचओ दुवैले खानेकुराबाट भाइरस संक्रमण हुने सम्भावना अत्यन्तै कम रहेको बताउँदै आएका छन् । तापनि सेनजेनका स्वास्थ्य अधिकारीहरूले सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गरेको हो जसमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ । यसबाहेक स्टकमा राखिएका अन्य सबै सम्बन्धित उत्पादनहरूको जाँच गर्दा पनि नेगेटिभ नै आएको खबर गरिएको छ ।
यस्तोमा आधिकारिक निकायहरूले सो मासुको प्याकेज भण्डारण गरी राखिएको पूरै क्षेत्रलाई ‘डिस्इन्फेक्ट’ गरी किटाणुमुक्त पारिसकेका छन् । यसमा सो प्याकेजिङमा कतिबेला र कहाँबाट भाइरस संक्रमित भयो भन्नेचाहिँ अझै स्पष्ट भएको छैन ।
यससम्बन्धी डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले भनेका छन्, “मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यससम्बन्धी सबैले सुरक्षित र सहज महसुस गर्दा हुन्छ । किनकि हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण छैन ।”
डब्लूएचओकै अर्की एपिडेमोलोजिस्ट मारिया भन करकोभका अनुसार महमारी सुरु भएदेखि चीनले सयौँ , हजारौँका सङ्ख्यामा बाहिरबाट आएका प्याकेजहरूको जाँच गर्दै आएको छ र यसमा एकदमै थोरै, दशभन्दा कम मात्र भाइरस पोजेटिभ भेटिएका छन् ।
त्यसैगरी यता ब्राजिलको कृषि मन्त्रालयले पनि चीनबाट आएको यो खबरको स्पष्टीकरण खोजिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । आफूहरूले देशभित्र रहँदा सबै उत्पादनमा सावधानी अपनाउने गरेको तर सामानहरू बाहिर जाँदा त्यो कुन अवस्थामा हुन्छ भन्नेको चाहिँ जिम्मा लिन नसक्ने युकेडरका उत्पादन मन्त्री इभान ओन्टानेडाले सञ्चार एजेन्सी रोएटर्ससँग बताएका हुन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












