सभामुख घर्ती विरुद्धका भ्रामक र तथ्यहीन समाचारको खण्डनः सुनियोजित रुपमा चरित्र हत्या गरियो
बुटवल । प्रदेश नं. ५ का सभामुखविरुद्ध भ्रामक र तथ्यहीन समाचार शृङ्खलाबद्ध रुपमा आएको भन्दै खण्डन गरेको छ ।
प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीको चरीत्र हत्या गरिएको भन्दै सभामुख सचिवालयले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारबारे प्रदेश सभाको सार्वजनिक लेखा समितिको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रदेश नं. ५ का प्रदेशसभाका कर्मचारीले कानून विपरीतको सुविधा लिएको भन्ने समाचार प्रकाशन भए पछि प्रदेश सभा सचिवालयको सार्वजनिक लेखा समितिले छानबिन थालेको थियो । उक्त विचारधिन विषयलाई नि प्रभावित हुने गरि समाचार शृङ्खलाबद्ध रुपमा प्रकाशित भएपछि सभामुख सचिवालयले विज्ञप्ति नै सार्वजनिक गर्दै खण्डन गरेको छ ।
लेखा समितिले बुधबारको बैठकमा सचिव पुनसहित लेखा अधिकृत आलोक अग्रहरीको प्रारम्भिक बयान लिँदै छानबिन थालेको थियो ।प्रदेशसभामा पछिल्लो २३ महिनामा ६३ लाख हाराहारीमा गाडी मर्मत खर्च भएको, प्रदेशसभाका सचिव पुन, लेखा अधिकृत अग्रहरी, स्टोर शाखा लगायत गाडी मर्मतमा चार कर्मचारीको प्रत्यक्ष संलग्नता, एक्स्पोको नाममा थुप्रै फर्जी बिल पेश गरेर लाखौं रकम हिनामिना गरेको, प्रदेशसभाका अनियमितताको विषयमा पत्रकारहरुलाई सूचना दिने कर्मचारीको सरुवा गर्न सभामुख पूर्णबहादुर घर्तीले निर्देशन दिएका जस्ता विषयहरु समेटेर अन्नपूर्ण पोष्ट दैनिक र लुम्बिनी दैनिक पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।
सरकारी अड्डामा हुने गतिविधि र सूचनाको हक विधि र प्रक्रियाअनुसार लिने र दिने प्रावधान सबैलाई रहेको भन्दै सभामुख सचिवालयले कुनै कर्मचारीलाई दण्डित नहुने जनाएको छ ।
सूचना दिएको भन्दै कर्मचारी सरुवा गर्न निर्देशन दिएको भन्ने आरोप निर्धार रहेको जनाएको छ। सभामुखको तीन गाडी रहेको र स्ट्रोम गाडी चढ्ने गरेको समाचारसमेत निराधार रहेको सभामुख सचिवालयले जनाएको छ।
आफै उजुरी कर्ता, आफै विज्ञ, आफै न्यायाधीश बनेर ठोकुवा गर्दै तथ्थहिन समाचार प्रकाशन गरेर सभामुख घर्तीको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित भएको सभामुख सचिवालयको दाबी छ ।
कुनै पनि सूचना सत्य तथ्यमा आधारित हुनु पर्नेमा आधारहिन सूचना सम्प्रेषण र प्रकाशन गरेर सभामुख पुर्ण बहादुर घर्तीको चरीत्र हत्या गर्न खोजिएको सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












