दुई अध्यक्षले कार्यदल बनाएपछि नेकपाका शीर्ष तीन नेताले प्रचण्डलाई भेटे
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको ६ महिनायताको कलह सुल्झाउन कार्यदल बनाइएपछि तीन शीर्ष नेताले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटेका छन्।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालको सहमतिमा महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदल शुक्रबार बनाइएपछि तीन शीर्ष नेताहरु खुमलटार पुगेका हुन्।
कार्यदल बनेपछि पार्टीको विवाद समाधानको दिशातर्फ अघि बढिरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट गरेका हुन्। स्रोतका अनुसार यी तीन शीर्ष नेताले प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन दबाब दिएका छन्।
तीन नेताहरुले दुई अध्यक्षको सहमतिमा बनेको पौडेल कार्यदलमाथि पनि प्रश्न उठाएका छन्। उनीहरुले उक्त कार्यदलमाथि शंकाको नजर तेर्स्याउँदै त्यसबारे पनि कुरा गर्न सचिवालय बैठक बोलाउनुपर्ने माग दाहालसमक्ष गरेका हुन्।
दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्तापछि पौडेलको नेतृत्वमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेको कार्यदल बनेको थियो। कार्यदलमा नेकपाका तीनै गुटका दुई दुईजना नेता राखिएको छ।
कार्यदलका संयोजक पौडेलले समयावधि नतोकिएपनि अहिले नेकपामा देखिएको विवाद समाधानका उचित उपायसहित पार्टीलाई नयाँ गति दिने गरी सुझाव र विकल्प प्रस्तुत गर्ने बताएका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












