दुई अध्यक्षले कार्यदल बनाएपछि नेकपाका शीर्ष तीन नेताले प्रचण्डलाई भेटे
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको ६ महिनायताको कलह सुल्झाउन कार्यदल बनाइएपछि तीन शीर्ष नेताले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटेका छन्।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालको सहमतिमा महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदल शुक्रबार बनाइएपछि तीन शीर्ष नेताहरु खुमलटार पुगेका हुन्।
कार्यदल बनेपछि पार्टीको विवाद समाधानको दिशातर्फ अघि बढिरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट गरेका हुन्। स्रोतका अनुसार यी तीन शीर्ष नेताले प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन दबाब दिएका छन्।
तीन नेताहरुले दुई अध्यक्षको सहमतिमा बनेको पौडेल कार्यदलमाथि पनि प्रश्न उठाएका छन्। उनीहरुले उक्त कार्यदलमाथि शंकाको नजर तेर्स्याउँदै त्यसबारे पनि कुरा गर्न सचिवालय बैठक बोलाउनुपर्ने माग दाहालसमक्ष गरेका हुन्।
दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्तापछि पौडेलको नेतृत्वमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेको कार्यदल बनेको थियो। कार्यदलमा नेकपाका तीनै गुटका दुई दुईजना नेता राखिएको छ।
कार्यदलका संयोजक पौडेलले समयावधि नतोकिएपनि अहिले नेकपामा देखिएको विवाद समाधानका उचित उपायसहित पार्टीलाई नयाँ गति दिने गरी सुझाव र विकल्प प्रस्तुत गर्ने बताएका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












