उपत्यकामा कोरोना संक्रमण बढेपछि एक हजार आइसालेसन थपिँदै
काठमाडौं । पछिल्लो समय उपत्यकामा लक्षणसहितका कोरोना भाइरस (कोभिड-१९) का सक्रमित बढेपछि आइसोलेसन वार्ड थपिने भएको छ। कोभिडको उपचार गर्न भन्दै छुट्याइएका अस्पताल का बेडहरु भरिभराउ भएर सक्रमित घरमै रोकिन थालेपछि अस्पतालमा आइसोलेसन वार्ड थप्न लागिएको हो।
सरकारले काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न एक हजार शैय्याको आइसोलेसन उपचार केन्द्र थप गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न चार स्थानमा कोभिड-१९ संक्रमितको उपचारका लागि एक हजार शय्या थप्न लागेको हो।
मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीका अनुसार कोभिडको उपचार गर्न दहचोकस्थित मनमोहन मेडिकल कलेजको बेसिक साइन्स भवनमा ३०० शय्या, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टिनमा ३०० शय्या, कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा ३०० शय्या र नेपाल मेडिकल कलेज जोरपाटीमा १०० शय्या थप गर्न लागिएको हो।
‘संक्रमित बढ्दै गएपछि आइसोलेसनथप गर्न लागिएको हो’, उनले भने, ‘यी ठाउँमा आइसोलेसन निर्माण सुरु भइसकेको छ, जति सक्दो चाँडो तयार गरेर संक्रमितलाई राख्दैछौं।’
मनमोहन मेडिकल कलेजमा थपिएको शय्यामा उक्त अस्पतालका केही र केही स्वास्थ्य मन्त्रालयले जनशक्ति सहयोग गर्ने, खरिपाटी उपचार केन्द्रलाई भक्तपुर अस्पतालले व्यवस्थापन गर्ने, आयुर्वेद अस्पतालमा थप जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले नै सहयोग गर्ने योजना छ।
जोरपाटीको नेपाल मेडिकल कलेजले भने जनशक्ति आफैं मिलाएर विरामीहरुको उपचार खर्चका आधारमा शोधभर्ना गर्ने गरी मिलाइएको हो।
उपत्यकामा हाल ७ सय ३० जना संक्रमित अस्पताल बाहिर अर्थात् घरमा छन्। ६ सय ७९ जना मात्रै अस्पतालमा भर्ना भएका छन्। तर, यो संख्या स्वास्थ्य मन्त्रालयसँग सूचीकृत छैन। संक्रमित भर्ना गरेका अस्पतालले पनि क्षमताभन्दा १ सय १४ जना बढी भर्ना गरेका छन्।
मन्त्रालयले अरु निजी अस्पताल तथा मेडिकल कलेजसंग पनि आवश्यकता र सम्भावनाको आधारमा सम्झौँता गरी शैय्या थप्ने तयारी गरेको छ।
लकडाउन खुले यता काठमाडौँ उपत्यकामा संक्रमणले तिब्रता पाएको छ। पछिल्लो साता दैनिक एक सय बढी संक्रमण हुन थालेको छ। ठूला अस्पतालमा स्वास्थ्यकर्मीमै संक्रमण देखिँदा सेवामा थप कठिनाई भएको छ।
कोरोना संक्रमितलाई राख्न सरकारले विभिन्न अस्पतालमा आइसोलेसन वेड तयार पारेको थियो। तर, ज्यादै न्युन आइसोलेसन वेडका कारण संक्रमितले पाउन सकेका छैनन्।
उपत्यकामा १ हजार ४ सय ९९ संक्रमित हुँदै आधाभन्दा बढी संक्रमित अस्पताल बाहिर हुनु आगामी दिन सुखद् पक्ष नभएको विज्ञहरुले बताएका छन्। ३० लाख बढी जनसंख्या भएको उपत्यकामा सानो संख्यामा संक्रमित व्यवस्थापन हुन नसक्दा आगामी दिनमा कसरी व्यवस्थापन जटिलता थपिँदै गएको छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











