उपत्यकामा कोरोना संक्रमण बढेपछि एक हजार आइसालेसन थपिँदै
काठमाडौं । पछिल्लो समय उपत्यकामा लक्षणसहितका कोरोना भाइरस (कोभिड-१९) का सक्रमित बढेपछि आइसोलेसन वार्ड थपिने भएको छ। कोभिडको उपचार गर्न भन्दै छुट्याइएका अस्पताल का बेडहरु भरिभराउ भएर सक्रमित घरमै रोकिन थालेपछि अस्पतालमा आइसोलेसन वार्ड थप्न लागिएको हो।
सरकारले काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न एक हजार शैय्याको आइसोलेसन उपचार केन्द्र थप गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न चार स्थानमा कोभिड-१९ संक्रमितको उपचारका लागि एक हजार शय्या थप्न लागेको हो।
मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीका अनुसार कोभिडको उपचार गर्न दहचोकस्थित मनमोहन मेडिकल कलेजको बेसिक साइन्स भवनमा ३०० शय्या, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टिनमा ३०० शय्या, कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा ३०० शय्या र नेपाल मेडिकल कलेज जोरपाटीमा १०० शय्या थप गर्न लागिएको हो।
‘संक्रमित बढ्दै गएपछि आइसोलेसनथप गर्न लागिएको हो’, उनले भने, ‘यी ठाउँमा आइसोलेसन निर्माण सुरु भइसकेको छ, जति सक्दो चाँडो तयार गरेर संक्रमितलाई राख्दैछौं।’
मनमोहन मेडिकल कलेजमा थपिएको शय्यामा उक्त अस्पतालका केही र केही स्वास्थ्य मन्त्रालयले जनशक्ति सहयोग गर्ने, खरिपाटी उपचार केन्द्रलाई भक्तपुर अस्पतालले व्यवस्थापन गर्ने, आयुर्वेद अस्पतालमा थप जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले नै सहयोग गर्ने योजना छ।
जोरपाटीको नेपाल मेडिकल कलेजले भने जनशक्ति आफैं मिलाएर विरामीहरुको उपचार खर्चका आधारमा शोधभर्ना गर्ने गरी मिलाइएको हो।
उपत्यकामा हाल ७ सय ३० जना संक्रमित अस्पताल बाहिर अर्थात् घरमा छन्। ६ सय ७९ जना मात्रै अस्पतालमा भर्ना भएका छन्। तर, यो संख्या स्वास्थ्य मन्त्रालयसँग सूचीकृत छैन। संक्रमित भर्ना गरेका अस्पतालले पनि क्षमताभन्दा १ सय १४ जना बढी भर्ना गरेका छन्।
मन्त्रालयले अरु निजी अस्पताल तथा मेडिकल कलेजसंग पनि आवश्यकता र सम्भावनाको आधारमा सम्झौँता गरी शैय्या थप्ने तयारी गरेको छ।
लकडाउन खुले यता काठमाडौँ उपत्यकामा संक्रमणले तिब्रता पाएको छ। पछिल्लो साता दैनिक एक सय बढी संक्रमण हुन थालेको छ। ठूला अस्पतालमा स्वास्थ्यकर्मीमै संक्रमण देखिँदा सेवामा थप कठिनाई भएको छ।
कोरोना संक्रमितलाई राख्न सरकारले विभिन्न अस्पतालमा आइसोलेसन वेड तयार पारेको थियो। तर, ज्यादै न्युन आइसोलेसन वेडका कारण संक्रमितले पाउन सकेका छैनन्।
उपत्यकामा १ हजार ४ सय ९९ संक्रमित हुँदै आधाभन्दा बढी संक्रमित अस्पताल बाहिर हुनु आगामी दिन सुखद् पक्ष नभएको विज्ञहरुले बताएका छन्। ३० लाख बढी जनसंख्या भएको उपत्यकामा सानो संख्यामा संक्रमित व्यवस्थापन हुन नसक्दा आगामी दिनमा कसरी व्यवस्थापन जटिलता थपिँदै गएको छ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












