सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्ः यस्तो लोगो लगाएर कसरी हिँड्ने ?
काठमाडौं । नेपालको नयाँ नक्साअंकित अद्यावधिक संसदको लोगोका विषयलाई लिएर सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
लोगोमा नेपालको नक्साको आकार नमिलेको, लोगो भद्दा भएको भन्दै यस्तो लोगो बसरी लगाएर हिँड्नेमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिपक्षी दलका सांसद मात्र होइन सत्तारूढ दल नेकपाकै सांसदले पनि लोगोमा चित्त बुझाएका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले लोगो लगाएर हिँड्न सकिने खालको नभएको बताए ।
‘‘संसद्को उपहास भएको छ । लगाएर हिँड्न सक्ने अवस्था छैन । नेपालको नयाँ नक्सा समावेश गर्ने प्रयोजनका लागि नयाँ लोगो बनाइएको छ । त्यसैलाई ध्वस्त बनाइएको छ,’’ उनले भने त्यसकारण यसको छानबिन हुनुपर्छ । लोगो परिवर्तन हुनुपर्छ ।’’ उनले लोगो बनाउँदा लापरबाही भएको भन्दै लोगोमा सुन-चाँदी प्रयोग गरिएकामा पनि असन्तुष्टि जनाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संसदको लोगो लगाउन लायकको नभएको बताइन् । उनले
नयाँ लोगो आफूले नलिएको भन्दै लोगो लिन पनि मन नभएको बताइन् । ‘‘यो लोगो लगाएर हिँड्न मन छैन । लगाएर हिँड्न लायक छैन । फिनिसिङ एकदमै भद्दा छ,’’ उनले भनिन्, ‘‘नेपालको नक्सा पनि चिनिँदैन । जे कुरा पनि लापरबाही गर्नु भएन नि !’’ सांसद संग्रौलाले सच्याएर अर्को राम्रो लोगो बनाउनुपर्ने बताइन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका मात्र होइनन सत्तारुढ दल नेकपाकै सांसद पनि नयाँ लोगोप्रति सन्तुष्ट छैनन् । नेकपाका सांसद विजय सुब्बाले यस्तो लोगो कसरी स्वीकृत भयो होला भन्दै प्रश्न गरेका छन् । ‘‘यति सारो नमिलेको, अशुध्द, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला ?’’ लोगोबारे उनको टिप्पणी छ, ‘‘ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झन्डाको यस्तो अपमान गरेकामा दण्डित हुनुपर्छ ।’’
साउन ३२ गते नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो ।
संघीय संसदका महासचिव भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए ।
गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए ।
८७ वर्षीय टेकवीर मुखियाले संसदको लोगो डिजाइन गरेका हुन् । यसअघिको लोगो पनि उनैले डिजाइन गरेका थिए । लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरमा रहेका कालिगडहरुले हातले कुँदेर (हस्तकला) तयार गरेको संसद सचिवालयले जनाएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












