मौरिससका तर्फबाट नेपालको वाणिज्यदूतमा ईप्पानका उपाध्यक्ष तथा जलविद्युत् उद्यमी कार्की नियुक्त
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (ईप्पान) का उपाध्यक्ष तथा जलविद्युत् उद्यमी गणेश कार्की गणतन्त्र मौरिससका तर्फबाट नेपालका लागि वाणिज्यदूत नियुक्त भएका छन् ।
नेपाल तथा मौरिससको मन्त्रिपरिषद्को निर्णय अनुसार कार्कीलाई वाणिज्यदूत नियुक्त गरिएको हो ।
मौरिससले पठाएको पत्रको आधारमा नेपालस्थित परराष्ट्र मन्त्रालयले कार्कीलाई बिहीबार (भदौ ४ गते) देखि काम सुरु गर्न भन्दै नियुक्तिपत्र दिएको छ ।
उनको कन्सुलर क्षेत्र २०८१ भदौ ३ गते (सन् २०२४ अगष्ट १९) सम्म काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) कायम रहने उल्लेख छ ।
परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ– गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु ।
अवैतनिक वाणिज्यदुत सम्बन्धी नियमावली, २)३९ को नियम १३ अनुसार आफ्नो कार्यालयमा तथा तोकिएको अवस्थामा सवारी साधनमा सम्बन्धित मुलुकको झण्डा प्रयोग गर्ने एवं लेखापढी तथा मनसुलर मामिलामा प्रतिनिधित्व गर्ने अधिकार रहने र भन्सार सहुलियत एवं अन्य देवानी, फौजदारी तथा प्रशासनिक मामिलाका हकमा नेपाली नागरिकहरू सरह नै व्यवहार हुने नियुक्तिपत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ– कार्कीलाई उल्लेखित क्षेत्रभर आफ्नो कन्सुलर कार्य समपादन गर्न तथा तत् प्रकारका अधिकारीहरूलाई प्रचलित नेपाल कानुन अनुरूप सुविधा उपभोग गर्नसमेत नेपाल सरकार स्वीकार गर्दछ । आफूले नेपाल र मौरिससबीच व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा दूतावासको भूमिका समेत निर्वाह गर्ने कार्कीले बताए ।
‘नेपालमा मौरिससको दूतावास छैन, त्यसले गर्नुपर्ने काम तथा सहजीकरण गर्न मैले पहल गर्नेछु,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘अधिकांश जनसंख्या हिन्दू रहेको अफ्रिकी मुलुक मौरिसस पर्यटनका लागि आकर्षक ठाउँ हो । त्यहाँबाट नेपालमा पर्यटन भित्र्याउनका लागि पनि मैले सक्दो प्रयास गर्नेछु ।
पछिल्लो दशक कार्की जलविद्युत् व्यवसायमा सफल नाम हो । उनको लगानी रहेका वा उनी संलग्न आधा दर्जन आयोजनाबाट विद्युत् उत्पादन भइसकेको छ । त्यति नै आयोजना निर्माणाधीन छन् । उनको लगानी रहेको दोलखामा निर्माण भएको २५ मेगावाटको सिंगटीबाट परीक्षण उत्पादन भइसकेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












