नेकपा कार्यदलको बैठक ७ घण्टादेखि बालुवाटारमा जारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सात घण्टादेखि बालुवाटारमा जारी छ ।
आजको बैठकमा विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको स्रोतले जानकारी दियो । कार्यदलको बैठक बिहीबारयता बस्न सकेको थिएन ।
शुक्रबार नै टुङ्गिन बाँकी विषयमा सहमति जुटाएर प्रतिवेदनको रूप दिने तयारी गरिएको भए पनि कार्यदलका सदस्य भीम रावल बाढीग्रस्त क्षेत्र अवलोकन गर्न गृहजिल्ला जानुपरेकाले बैठक बस्न सकेका थिएन ।
“झण्डै सात घण्टादेखि बैठक जारी छ । धेरै कुरा मिल्न बाँकी पनि नरहेकाले आजै प्रतिवेदन तयार पार्ने सम्भावना रहेको छ,” बालुवाटार स्रोतले जानकारी दियो ।
कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार पारिरहेको स्रोतको दाबी छ । दुईजना अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद्, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत महत्त्वपूर्ण विषयमा पार्टीमा छलफल भएपछि मात्रै सरकारले निर्णय लिने, एकता महाधिवेशनललगायतका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
यता माधव नेपाल समूहले महाधिवेशनका बारेमा पनि कार्यदलमा सहमति गर्न खोजिए समस्या सिर्जना हुने बताइसकेको छ । महाधिवेशनमा कुन विचार राख्ने, कसले नेतृत्व गर्ने प्रतिनिधिहरूको सार्वभौम अधिकार भएकाले अहिलेको कार्यदलले त्यसमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको निष्कर्ष छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












