कांग्रेसको १४औँ महाधिवेशनः सभापतिमा एक दर्जन नेताको दाबी
काठमाडौँ । नेपाली राजनीतिमा नेपाली काँग्रेसको भावी नेतृत्वको विषय चर्चाको केन्द्रमा छ ।
फागुन ७ गतेलाई केन्द्रमा राखेर १४औँ महाधिवेशनबाट नेतृत्व हत्याउन दर्जन आकाङ्क्षी सार्वजनिक भएपछि काँग्रेसको भावी नेतृत्वबारे चर्चा र बहस सतहमा आएको छ ।
काँग्रेसमा विद्यमान तीनवटा गुटमध्ये सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् ।
यस्तै देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला पनि सभापतिमा आकाङ्क्षा प्रकट गरेका छन् ।
यस्तै पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी पनि सभापति पदका आकाङ्क्षी छन् । सिटौला समूहबाट गगन थापा पनि सभापतिकै दौडमा छन् । तर किन र केका लागि सभापतिमा आफ्नो दाबी भन्ने कुरामा अधिकांश आकाङ्क्षीमा प्रष्टता छैन ।
सभापतिमा फेरि दोहोरिन लागिपरेका वर्तमान सभापति शेरबहादुर देउवा एजेन्डाविहीन जस्तै छन् । पार्टी र सरकारको नेतृत्वमा परीक्षण भइसकेका देउवाले आफू फेरि सभापतिमा आफ्नो आवश्यक पुष्टि गर्ने बलियो आधार छैन ।
०७५ जेठ २६ गते गृह जिल्ला डडेलधुरा पुगेर देउवाले पहिलो पटक पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने उद्घोष गरेका थिए । तीन तहको निर्वाचनमा काँग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि आगामी निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागिरहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने उनको भनाइ थियो र छ । यता वरिष्ठ नेता पौडेलमा पनि ‘काँग्रेसलाई जनताको भरोसाको केन्द्र’ बनाउने भाष्यबाहेक ठोस योजना र नीति छैन । १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेलसँग आफूले मौका नपाएको रोइलो मात्रै छ ।
देउवा र पौडेल दुवैसँग न पार्टी सुधारको कार्यक्रम छ, न त नयाँ विचार नै ।
यस्तो अवस्थामा देउवा र पौडेलबाटै काँग्रेसमा पुनर्ताजकी सम्भव नभएका विश्लेषण भइरहँदा पौडेलले उमेर समूह एउटै हुँदैमा योगदान, चरित्र र क्रियाकलाप एउटै नहुने दाबी पेस गर्छन् ।
यता सभापतिका आकाङ्क्षी उपसभापति निधिसँग पनि इतिहासकै जटिल मोडमा रहेका काँग्रेसलाई नयाँ दिशामा डोर्याउने नीति र कार्यक्रम छैन । उनी २०३६ सालमा आफूप्रति पार्टीका संस्थापक नेता बीपी कोइरालाले देखाएको सदासयताको देउवासँग खोजिरहेका छन् । निधिले सर्वसम्मत नेतृत्व चयनको विषयलाई एजेन्डा बनाएको देखिन्छ । निधिको दाबीमा अस्वीकार जनाएका श्रेष्ठसँग पनि देउवापछि ‘म सिनियर हुँ’ भन्ने बाहेकको एजेन्डा छैन ।
महामन्त्री शशांक कोइराला र शेखर कोइराला देउवालाई पराजित गराउने प्रमुख एजेन्डाका साथ प्रस्तुत भइरहको पाइन्छ ।
‘देउवालाई हराउन सक्ने म मात्रै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरू जोकसैले पनि सक्दैन यो ग्यारेन्टीका साथ भन्न चाहन्छु, मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन,’ बीपी पुत्र शशांकको दाबी छ । यस्तै दाबी छ, बीपीका भतिजा शेखरको पनि । उनीहरु देउवालाई हराउन आफ्नो उम्मेदवारीलाई परिहार्यका रूपमा अथ्र्याउँदै आएका छन् ।
सभापतिकै दाबी गरिरहेका गणेशमान पुत्र प्रकाशमान सिंह पनि कोइरालाद्वयकै एजेन्डा वरिपरि देखिन्छन् । सिंहका लागि पनि देउवालाई हराउने विषय नै प्रधान बनेको छ । उनीहरूले देउवालाई पराजित गर्न सक्नु नै आफ्नो योग्यता ठानेका पाइन्छ ।
यता सिटौलाले भने सभापतिमा आकाङ्क्षा राखे पनि खुलेर आइसकेको अवस्था छैन । नेता थापाले भने केही सैद्धान्तिक विषय उठाएको पाइन्छ ।
पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्ने कुरालाई थापाले एजेन्डा बनाएका छन् ।
यस्तै पार्टी सभापति चयनको प्रक्रिया पनि क्रियाशील सदस्यबाटै गराउने विषय थापाले अगाडि सारेका छन् । यसरी हेर्दा राजनीतिक मुद्दा र स्पष्ट कार्यक्रमभन्दा धेरै नेताहरूले देउवाको अलोकप्रियतामा चुनाव जित्ने दाउमा छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












