कोरोना नियन्त्रणको काम थप प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन्।
मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय संघ (हिसान), नर्सिङ एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गरेका हुन्। छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए। उनले विभिन्न संस्थाका प्रतिनिधिहरूबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौती सामना गर्न थप सहज हुने बताए।
उनले काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने दोहोर्याए। उनले कतिपय अवस्था बनिसकेको कार्यविधि वा निर्देशिकाहरुमा पनि त्रुटि भए त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए। मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए।
मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने पनि प्रस्ट पारे। छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भए महामारीविरुद्धको लडाइँ जित्न कठिन हुने बताए।
उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ नगर्न पनि सुझाव दिए। नर्सिङ एसोसिएसनकी अध्यक्ष मनकुमारी राईले सरकारको काम कारबाही राम्रै भएको र सेवा सुविधा तथा बिमा/भत्ताको कुरामा विभेद तथा सेवा सुविधामा कन्जुस्याइँ नहोस् भन्न चाहेको बताइन्। राष्ट्रिय चिकित्साकर्मी संघका भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनु नै महत्वपूर्ण विषय रहेको बताए।
संक्रमित बसेको ठाउँमा दुर्व्यवहार, नगर्न र महामारीको विषम परिस्थिलाई समाजले बुझिदिनुपर्नेमा उनको जोड थियो। त्यस्तै, स्वास्थ्यकर्मीले सबैठाउँमा भत्ता नपाएको विषयमा तथा पर्याप्त पिपिईहरु उपलब्ध गराएर। ढुक्कसँग काम गर्ने वातावरण बनाइदिन स्वास्थ्य मन्त्रालयको उनले ध्यानाकर्षण गराए। त्यस्तै, स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले कोरोनाको संक्रमण भयावह बन्दै गएको र भत्ताको कुरा अहिले पनि ज्यूँको त्यूँ रहेको भन्दै निर्देशिका बनाएर काम गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान) का अध्यक्ष राजेन्द्र खड्काले संक्रमितहरूलाई सामाजिक बहिष्कार र अवहेलनाको कुरा गर्नेहरूलाई जनचेतना फैलाउनुपर्ने र कमजोरी गर्ने र दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए। हिसानका महासचिव लोकबहादुर भण्डारीले भूकम्पको समयमा पनि हिसानले काम गरेको र आज पनि आफूहरूले काम गर्न तयार रहेको बताए।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...












