कोरोना नियन्त्रणको काम थप प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन्।
मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय संघ (हिसान), नर्सिङ एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गरेका हुन्। छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए। उनले विभिन्न संस्थाका प्रतिनिधिहरूबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौती सामना गर्न थप सहज हुने बताए।
उनले काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने दोहोर्याए। उनले कतिपय अवस्था बनिसकेको कार्यविधि वा निर्देशिकाहरुमा पनि त्रुटि भए त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए। मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए।
मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने पनि प्रस्ट पारे। छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भए महामारीविरुद्धको लडाइँ जित्न कठिन हुने बताए।
उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ नगर्न पनि सुझाव दिए। नर्सिङ एसोसिएसनकी अध्यक्ष मनकुमारी राईले सरकारको काम कारबाही राम्रै भएको र सेवा सुविधा तथा बिमा/भत्ताको कुरामा विभेद तथा सेवा सुविधामा कन्जुस्याइँ नहोस् भन्न चाहेको बताइन्। राष्ट्रिय चिकित्साकर्मी संघका भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनु नै महत्वपूर्ण विषय रहेको बताए।
संक्रमित बसेको ठाउँमा दुर्व्यवहार, नगर्न र महामारीको विषम परिस्थिलाई समाजले बुझिदिनुपर्नेमा उनको जोड थियो। त्यस्तै, स्वास्थ्यकर्मीले सबैठाउँमा भत्ता नपाएको विषयमा तथा पर्याप्त पिपिईहरु उपलब्ध गराएर। ढुक्कसँग काम गर्ने वातावरण बनाइदिन स्वास्थ्य मन्त्रालयको उनले ध्यानाकर्षण गराए। त्यस्तै, स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले कोरोनाको संक्रमण भयावह बन्दै गएको र भत्ताको कुरा अहिले पनि ज्यूँको त्यूँ रहेको भन्दै निर्देशिका बनाएर काम गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान) का अध्यक्ष राजेन्द्र खड्काले संक्रमितहरूलाई सामाजिक बहिष्कार र अवहेलनाको कुरा गर्नेहरूलाई जनचेतना फैलाउनुपर्ने र कमजोरी गर्ने र दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए। हिसानका महासचिव लोकबहादुर भण्डारीले भूकम्पको समयमा पनि हिसानले काम गरेको र आज पनि आफूहरूले काम गर्न तयार रहेको बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












