पार्टी अध्यक्ष दुई जना हुन्छ, प्रधानमन्त्री दुई जना हुँदैन : ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन्।
‘अहिलेको व्यवस्था बुझ्न सक्नुपर्छ, पार्टीमा अध्यक्षमण्डल हुन्छ, दुई जना अध्यक्ष हुन्छ’, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले शनिबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा भने, ‘तर सरकारमा प्रधानमन्त्री मण्डल हुँदैन, दुई जना प्रधानमन्त्री वा दुई जना राष्ट्रपति हुँदैन।’
पार्टीले नीतिगत रुपमा सरकार सञ्चालन गर्ने भएपनि सरकार जननिर्वाचित अथोरिटी भएको ओलीले बताए।
‘यदि पार्टीले नै सबै कुरा गर्ने भए मन्त्रीपरिषद किन चाहियो’, ओलीले प्रश्न गरे।
ओलीले कार्यकारी अधिकरासहित प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने र आफुले प्रधानमन्त्रीको हैसितमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।
‘मंसिरमै हामीले एउटा समझदारी गरेका थियौं, बिचमा केही तलमाथि भएपनि हामी त्यसमै छौं’, ओलीले भने, ‘पार्टीमा दुई जना अध्यक्ष छौं, कार्यकारी अध्यक्षका हिसावले मुख्यत सहमतकिा आधारमा पार्टी सञ्चालन गर्नुहुन्छ, म पनि उहाँसँग सरसल्लाह गरेर प्रधानमन्त्रीको अथोरिटीसहित सरकार चलाउँछु।’
प्रधानमन्त्री ओलीले सहमतिमै पार्टीको महाधिवेशन हुने बताए। केही अवस्थामा बाहेक अध्यक्ष प्रचण्डबाट सरकारलाई सहयोग नै भइरहेको ओलीले बताए। वरिष्ठ नेता माधव नेपालसँग आफ्नो तर्फबाट कुनै समस्या नरहेको उनको भनाइ छ।
‘पार्टी एकता एकछिनका लागि गरेको होइन, अलि पर्तिर जाउँ अनि आफ्नो आफ्नो बाटो लागौं भनेर गरेको होइन’, ओलीले भने, ‘पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्न र परिवर्तनका लागि हो।’
प्रधानमन्त्री ओलीले पाँच वर्ष यही सरकार स्थिर रुपमा चल्ने र अर्को चुनावपछि मात्रै सरकार परिवर्तन हुने बताए।
‘अर्को चुनावपछि प्रधानमन्त्री दोहोरिने कि नदोहोरिने, पार्टीले कसलाई पठाउने निर्णय गर्छ, संसदीय दलले के निर्णय गर्छ त्यसमा भर पर्छ’, ओलीले भने।
प्रधानमन्त्री अर्को चुनावपछि परिवर्तन भएजस्तै मुख्यमन्त्री पनि चुनावपछि मात्रै परिवर्तन हुने ओलीले बताए।
अहिले चर्चा भएजस्तो मुख्यमन्त्री परिवर्तन नहुने स्पष्ट गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जस्तै मुख्यमन्त्री पनि अर्को चुनावपछि नै परिवर्तन हुन्छ, अहिले हुँदैन।’
प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रीपरिषदका सबै मन्त्रीले राम्रो काम गरिरहेको दाबी गरे।
‘सबै मन्त्रीले राम्रो काम गरेका छन्, कुनै मन्त्रीसँग मेरो असहमती छैन’, ओलीले भने, ‘तर मन्त्री हेरफेर गरेर सरकारको स्थयित्वमा असर पर्दैन।’
प्रधानमन्त्री ओलीले स्पष्ट नबताए पनि अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने संकेत गरे। अर्थमन्त्रीका रुपमा खतिवडाले राम्रो काम गरिरहेको उनले बताए।
‘अहिले नै नभनौं, दुई चार दिन पर्खौंन, यदि युवराज खतिवडाभन्दा राम्रो अर्कोले गर्न सक्छ भन्ने भयो भने अर्कोलाई पनि जिम्मा दिन सकिन्छ’, ओलीले भने, ‘कहिलेकाहीँ अरु पक्ष पनि हेरेर जिम्मेवारी दिनुपर्ने हुन्छ। समग्रतामा हेरेर निष्कर्ष निकालेर मन्त्रीपरिषदबारे निर्णय हुन्छ।’ नेकपाको सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गरेको निर्णय अब समाप्त भएको प्रधानमन्त्री ओलीले बताए।
‘वामदेवलाई प्रतिनिधि सभाको चुनाव लडाउने भनेपछि, उहाँले नै राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो’, ओलीले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












