जनमैत्री अस्पताल पुनः सञ्चालनमा आयो , वडाध्यक्षद्वारा स्वास्थ्यकर्मीलाई पुष्पगुच्छाले स्वागत
काठमाडौं । राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि १०० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरे । कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न स्थानमा दुर्व्यवहार भइरहेको घटना बाहिर आएको बेला स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाध्यक्ष रिजालले बताए ।
२०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको थियो । सोहीअनुसार वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो ।
त्यसलाई व्यवस्थापन र सरकारले सकारात्मक रुपमा लिँदै कोभिड अस्पताल सञ्चालनमा आएसँगै बालाजु क्षेत्रमा कोही संक्रमित भइहाले उपचारमा सहज हुने विश्वास लिइएको छ । अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












