जनमैत्री अस्पताल पुनः सञ्चालनमा आयो , वडाध्यक्षद्वारा स्वास्थ्यकर्मीलाई पुष्पगुच्छाले स्वागत
काठमाडौं । राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि १०० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरे । कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न स्थानमा दुर्व्यवहार भइरहेको घटना बाहिर आएको बेला स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाध्यक्ष रिजालले बताए ।
२०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको थियो । सोहीअनुसार वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो ।
त्यसलाई व्यवस्थापन र सरकारले सकारात्मक रुपमा लिँदै कोभिड अस्पताल सञ्चालनमा आएसँगै बालाजु क्षेत्रमा कोही संक्रमित भइहाले उपचारमा सहज हुने विश्वास लिइएको छ । अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












