डाउन पिलुवा खोला जलविद्युतमा ३ बैंकबाट १ अर्ब ३२ करोड लगानी जुट्यो
काठमाडौं । रिभर फल्स पावर प्रालिले निर्माण गर्न लागेको १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनामा लगानी जुटेको छ ।
आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंकले १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।
आयोजनाको अनुमानित लागत १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ रहेको छ । जसमा बैंकहरुले ७० र ३० प्रतिशत स्वपुँजी लगानी हुने छ । आयोजनामा सिटिजन्सले ६५ करोड, नेपाल इन्भेस्टमेन्टले ४२ करोड र प्रभुले २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन । आयोजना काम सुरु भएको २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य छ ।
उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५ करोड ७६ लाख ८५ हजार युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।
कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्षामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।आयोजना संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित पिलुवा खोलामा पर्छ ।
Comments
अरु समाचार
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...
-
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक...