पूर्व राष्ट्रपति मुखर्जीको निधनपछि भारतमा एकहप्ता शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो
एजेन्सि । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ।
भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने बताएको छ।
भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ।
झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो।
सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ।
भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो। आज भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन्।
उनी केही दिनदेखि अचेत अवस्थामा थिए। कोमामा रहेका उनको सोमबार निधन भएको आर्मी अस्पतालले घोषणा गरेको थियो। उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ।
उनी भारतको १३ औँ राष्ट्रपति बनेका थिए। उनको कार्यकाल सन् उहाँ २०१२ देखि २०१७ सम्म रहेको थियो। राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत थिए।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












