पूर्व राष्ट्रपति मुखर्जीको निधनपछि भारतमा एकहप्ता शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो
एजेन्सि । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ।
भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने बताएको छ।
भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ।
झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो।
सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ।
भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो। आज भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन्।
उनी केही दिनदेखि अचेत अवस्थामा थिए। कोमामा रहेका उनको सोमबार निधन भएको आर्मी अस्पतालले घोषणा गरेको थियो। उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ।
उनी भारतको १३ औँ राष्ट्रपति बनेका थिए। उनको कार्यकाल सन् उहाँ २०१२ देखि २०१७ सम्म रहेको थियो। राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत थिए।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












