नेकपा सचिवालय बैठकः एजेण्डा तय गर्न ओली-प्रचण्डबीच बालुवाटारमा छलफल
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको पूर्वसन्ध्यामा एजेण्डा तय गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।
सचिवालय बैठक भोलि (बिहीबार) बस्दैछ। बैठकको एजेण्डा तय गर्नको लागि दुई अध्यक्षबीच छलफल भइरहेको प्रचण्डनिकट स्रोतले जनाएको छ।
उपाध्यक्ष वामदेव गौतमले पार्टी कमिटीले फागुन १४ गते गरेको निर्णय कार्यान्वयन गर्दै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि नेकपाभित्र नयाँ बहस सुरु भइरहेका बेला ओली र प्रचण्डबीच भेट भएको हो।
साउन ३० गते गठन भएको नेकपाभित्रको पार्टी विवाद समाधान गर्न गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। यसअघि सो प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बोलाइएको हो।
तर, यसबीचमा गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफ्नो दाबी प्रस्तुत गरेको हुँदा सो विषय पनि छलफल हुने भएको हो।
फागुन १४ को सचिवाल बैठकले गौतमलाई राष्ट्रिय सभामा सदस्य बन्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसैले त्यसबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाको थपिएको कार्यकाल समेत भदौ २० गते सकिँदैछ। संसद नरहेको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने संबैधानिक व्यवस्था छ।
ओलीले केहि दिनभित्र नै डा.खतिवडालाई नै निरन्तरता दिने वा पार्टीका शक्तिशाली नेता गौतमलाई राष्ट्रियसभामा लैजाने लगायतका कुनै विकल्पबाट निर्णय लिनुपर्ने अवस्थामा छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












